हमार सनेश सहकर्मी ,,
कैलाली:= नेपाल आईस विन्दास म्यूजिक आवार्ड कार्यक्रम २०७६ मा नेपाल आइडल सिजन–२ का विजेता रवि वडको विशेष प्रस्तुती रहने जनाईएको छ ।
अगामी चैत्र २ र ३ गते धनगढीमा हुने कार्यक्रममा नेपाल आइडल वडसंगै थारु कलाकारहरुको पनि वेजोड प्रस्तुती रहने विन्दास म्यूजिक आवार्डका कार्यक्रम संयोजक हरेन्द्र चौधरीले जानकारी दिए ।
घोडाघोडी मिडिया संचार समुह (बिन्दास मिडिया) द्वारा आयोजित यो दोस्रो संस्करणको आवार्ड कार्यक्रम हो । विन्दास मिडियाले लोप हुँदैं गएको थारु मौलिक कला, संस्कृति तथा संस्कारलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गर्दै आएको छ ।