काठमाडौँ:= नेपालमा जातीय, लैगिक, क्षेत्रिय विभेद कायमरहे थरुहट भूमि अलग हुने प्रयत्न गर्नुपर्छ भनेर ओम महतोले बताउनुभएको छ ।
थारुले आन्दोलन गर्दा २०७२ भदौ ७ गते टिकापुर घटना घटेको थियो सोहि घटनाको आरोपी रहेको भन्दै कैलाली जिल्ला अदालतले सांसद रेशम चौधरी सहित ११ जनालाई न्यायाधीश परशुराम भट्टराईको इजलासले बुधवार जन्मकैद, १२ जनालाई ३ वर्ष, एजनालाई ६ महिना र तीन जनालाई सफाई हुने फैसला गरेको घटनाको खेद गर्दै उक्त कुरा बताउनुभएको हो ।
नेपालमा कांग्रेसले बिद्रोह गर्यो, एमालेले बिद्रोह गर्यो, माओवादी बिद्रोह गर्यो त्यतिखेर हजारौ व्यक्ति मारिए तर अहिले तिनै व्यक्ति प्रधानमन्त्री छन्, मन्त्री छन् तिनलाई अदालतले न्याय दिने, थारु भएकै कारणले थारुले न्याय नपाइने यो बाहुनवादी चरित्र हो, सरकारको दैध चरित्र हो उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसका तत्कालिन विद्रोहका मान्छेहरु पटकपटक प्रधानमन्त्री भए, अहिलेका प्रधानमन्त्री झापा काण्डका नाइके थिए तीनलाई सजाय नहुने थारुले अधिकार लिने प्रयत्न गर्दा अपराधी हुने यो दैध चरित्र नै हो, त्यसैले अब चुप लागेर बसेर हुदैन अधिकार पाइदैन भने नेपालबाट अलग हुने विकल्प पनि खुल्ला छ, संसारमा सबैकुरा जायज हुन्छन हामी यसको लागि प्रयत्न गर्न जरुरि हुन्छ उहाले बताउनुभयो ।

उहाले राजनीतिक दलका खोल ओढेका र तिनका हनुमान बनेका थारुबाट आन्दोलन हुन नसक्ने भन्दै अबको नेतृत्व युवाले गर्नुपर्ने बताउनुभएको छ । बिगतमा पटकपटक आन्दोलन भयो तर उपलब्धि हुन सकेन यो हुनुको कारण दलको कमैया, हनुमान बन्ने लहर नै हो, आन्दोलन र उपलब्धि हासिल गर्न युवाले नेतृत्व पाउनुपर्छ भन्दै थारु अगुवाको आलोचना गर्नुभयो ।(क्ष्रोत :- easy khabar.com)