बर्दियामा सहकारीको आयोजनामा पशु स्वास्थ्य शिविर सम्पन्न ।

Thursday, 25 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
राजापुर/बर्दिया:= बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं. १ दौलतपुरमा अवस्थित श्री असल कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

गुड नेर्वस ईन्टरनेशनल को आर्थिक सहयोगमा र साझेदारी संस्था सोनाहा विकास समाज बर्दिया को सहयोग साथै पशु सेवा शाखा राजापुर र श्री अमर सहिद दशरथ चन्द मा.वि., यस श्री असल कृषि सहकारी संस्था लिमिटेड को आयोजनामा ग्रामिण क्षेत्रमा पशु पालनको विकासको लागि पशु पालन प्रति कृषकहरुलाई प्रेरित  गर्न तथा ग्रामिण क्षेत्रमा पालन गरिएका पशुहरुको स्वास्थ्य परिक्षण नियमित गरी स्वस्थ पशु तथा स्वस्थ पशुजन्य उत्पादन गरी आयआर्जन बढाउने उद्धेश्यले पशु स्वास्थ्य शिविर संचालन गरिएको जानकारी सहकारीका अध्यक्ष श्री रमेशर थारु ज्यु ले जानकारी गराउनु भयो ।  



पशु स्वास्थ्य शिविरमा जम्मा ३१४ कृषक घरधुरीबाट जम्मा १३६४ पशुहरुलाई चेकजाँच, औषधि उपचार, बन्ध्याकरण, खोरेत बिरुद्ध खोप, जुकाको औषधि खुवाउनुका साथै गोबर परिक्षण पनि गरिएको थियो ।   उक्त शिविरमा पशु सेवा शाखा राजापुरका पशु स्वास्थ्य प्राबिधिक श्री पुर्ण बहादुर खत्री, प्राबिधिक श्री बिनोद चौधरी र मणि शंकर भट्ट ज्युबाट पशुको चेकजाँच तथा उपचार सेवा प्रदान गरिएको थियो । 

साथै अमर सहिद श्री दशरथ चन्द मा.वि राजापुर बाट प्राबिधिक शिक्षक श्री दिनेश चौधरी र मान बहादुर चौधरी ज्यु र त्यस बिद्यालयका भेटेरिनरी प्राबिधिक बिद्यार्थीहरुबाट र सोनाहा विकास समाजका प्राबिधिकहरुबाट उक्त शिविर संचालन गरिएको थियो । 
उक्त शिविर मिति २०७६ साल बैशाख ११ गतेका दिन राजापुर नगरपालिका वार्ड नं.—१, दौलतपुरमा सम्पन्न भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu