थारु सोसाइटी अष्ट्रेलियाले जलेश्वरलाई गरे पाँच लाख भन्दा बढी सहयोग ।

Friday, 19 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कारी महतो ,,
चितवन:= थारु सोसाााइटी इअष्ट्रेलियाले जलेश्वर महतो बचाउ अभियानका लागि अहिलेसम्म प्राप्त सहयोग मध्येको ठूलो रकमको आर्थिक सहयोग गरेका छ । सोसाईटीले पाँच लाख २४ हजार ७४० रुपैयाँ जलेश्वर बचाउ अभियानको नाममा गरिमा विकास बैंकको खाता नं. ०३७१०१००७४००७५०००००१ मा नगद जम्मा गरी बैंक भौचर आज जलेश्वरका बुबाआमा सुकराम महतो र मलुई महतोलाई हस्तान्तरण गरिएको छ ।
उक्त भौचर चर्मेश्वर पटदार बन्धु सेवा समाजको २४ औं वार्षिक साधारण सभाको उदघाटन समारोहमा समाजका सभापति राजेन्द्र प्रसाद चौधरीले हस्तान्तरण गरे । थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्यसमेत रहेका राजेन्द्र प्रसाद चौधरीले आफूले हालसालै अष्ट्र्लिया भ्रमणको क्रममा त्यहाँ रहेका थारुहरुलाई जलेश्वर महतो बचाउ अभियानलाई आर्थिक सहयोगका लागि अनुरोध गरेको बताए ।

थारु सोसाईटी सिड्नी अष्ट्रेलियाका अध्यक्ष दिपनारायण चौधरीले अष्ट्रेलियामा जलेश्वर महतो बचाउ अभियानका लागि आर्थिक संकलन गरी १५ अप्रिलका दिन उक्त रकम बैंकमा जम्मा गरी चर्मेश्वर पटदार बन्धु सेवा समाजलाई इमेल मार्फत पठाएका थिए । उक्त भौचर सहित चर्मेश्वर पटदार बन्धु सेवा समाजले आफ्नो कोषबाट नगद १५ हजार आर्थिक सहयोग गरेका छन् ।
थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललित कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको चर्मेश्वर पटदार बन्धु सेवा समाजको २४ औं वार्षिक साधारण सभामा नेपाली काँग्रेसका नेता तथा समाजसेवी उत्तम आचार्य, खैरहनी उवासंघका निवर्तमान अध्यक्ष गुणराज श्रेष्ठ, थाकस चितवनका पूर्व सभापति टिकेन्द्र चौधरी, समाजसेवी हरि सापकोटा, अर्जुन चौधरी, मथुरा प्रसाद सिंह थारु लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । समाजका सचिव मुकुन्द चौधरीले कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष चन्द्र विक्रम चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम समाजका अध्यक्ष राजेन्द्र प्रसाद चौधरीको सभापतित्वमा भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu