हावाहुरी पीडितलाई शीर्ष नेताको आश्वासन मात्रै/बाबुरामले गरे ५ लाख सहयोग हस्तान्तरण

Thursday, 4 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं := बारा र पर्साका हावाहुरी पीडितको सहयोगका लागि नयाँ शक्ति पार्टीले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
उक्त सहयोग रकम नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनललाई हस्तान्तरण गरेका छन् । नयाँ शक्तिले प्रदेश न.२ को मुख्यमन्त्री राहत कोषमा रकम हस्तान्तरण गरेको हो ।

यसअघि हावाहुरी पीडितलाई संयोजक डा. भट्टराईले व्यक्तिगत रुपमा १५ दिनको तलब सहयोग गर्ने घोषणा गरेका थिए । भट्टराईले हावाहुरी पीडितलाई सहयोग गर्दा औपचारिक संयन्त्रमार्फत नै गर्न आग्रहसमेत गरेका छन्।

राहत भन्दा पनि बढी आश्वासन दिनेहरु मात्रै आउने गरेको पीडितहरुको गुनासो रहेको छ ।
यता नेकपाका अध्यक्षद्धय,प्रधानमन्त्री केपी शर्मा ओलि र पुष्प कमल दाहाल प्रचण्ड,काङ्ग्रेस सभापति शेर बहादुर देउवा लगायतको शीर्ष नेताहरुले पनि लाखौलाख रकम पीडितहरुलाई सहयोग गर्ने,दिने घोषणा गरेपनी हस्तान्तरण भने गरेको छैन ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu