लेखक := छविलाल काेपिला
आऔ
एउटा मीठाे कुरा गराैं
जहाँ एक छेउकाले
वाह ! वाह !! गरून्
अर्काे छेउकाले डाह गरून् ।
याे अाफ्नै घर हाे
हामी अाफ्नै घरकाे कुरा गराै
अाखिर घरभित्रै पनि त
घरकाे थाेरैलाई मात्रै मीठाे लाग्छ
र, धेरैलाई परकै मीठाे लाग्छ ।
हामीसंग हाम्रै करेसाबारी छ
तर, के गर्नु
अचेल हाम्रा करेसाका तरकारी पनि
मीठाे लाग्छ छाेडेका छन्
अझ भनाैं
फल्नै छाेडेका छन् ।
मीठाे लाग्नै छाेडेपछि फल्नुकाे के अर्थ ?
जे-जे मीठाे फल्नु पर्ने
सबै छिमेकीकाेमा मात्रै फल्छन् ।
सबै उतै फल्ने भएपछि
अब त हाइ ! सन्चाे छ
काेदाली खन्न परेन,
पानी सिंच्न परेन,
हेरचाह गर्न परेन
टिप्न पनि परेन
गाउँ-बजार जताकतै छन्
अागन्तुक खाद्यान्नहरू
बस् ! ल्यायाे, खायाे, पचायाे ।
अचेल
घरभित्र मानसिक बिरामीहरू बढ्न थालेका छन्
बिरामीहरू गुटबन्दी गर्न थालेका छन्
घरभित्रै राेक निशेध हुन थालेका छन्
काेदाली खन्नेहरू र काेदाली नखन्नेहरू बीच
रस्साकसी छ !
.............
यसकारण
अाअाैं !
एउटा मीठाे कुरा गराैं
जहाँ एक छेउकाले
वाह ! वाह !! गरून्
अर्काे छेउकाले डाह गरून् ।