केर्नी न्युज,,
धनगढी:=थारु लेखक संघको चौथो थारु राष्ट्रिय साहित्यिक मेला रुपन्देहीको उँचडिहवामा आजखेखि शुरु हुने भएको छ ।
साहित्यक मेलामा रुपन्देही क्षेत्रमा कार्यक्रम भएकाले बुद्ध र थारुको सम्बन्धबारे बहसमा केन्द्रित रहने आयोजकको भनाई छ । छलफलमा थारु समुदाय कुन धर्मावलम्बी हुन् भन्नेबारे गहन छलफल भइ निचोड निकाल्ने निश्कर्ष लिएको छ ।
कार्यक्रममा बुद्ध र थारुको सम्बन्धबारे हालै पीएचडी गरेका डा. गोपाल दहित र डा. शंकरलाल चौधरी मुख्य वक्ता हुने आयोजकले जनाएको छ ।
त्यसै गरि ‘रुपन्देही : विकास बहस’ अर्को सत्र छ । रुपन्देहीका स्थानीय गाउँपालिका, नगरपालिका प्रतिनिधिहरुसँग थारु केन्द्रित कार्यक्रमबारे छलफल हुनेछ ।



त्यस्तै, रुपन्देही, कपिलवस्तु र नवलपरासीमा थारु साहित्यको अवस्था, मातृभाषामा लेखनमा आख्यान, डंगौरा थारु भाषामा क्रियाको अवस्था, गैरथारु अन्वेषकका नजरमा थारु समाज र संस्कृति लगायत विषयमा पनि प्यानल छलफल हुनेछ ।