थारु साहित्यकारहरुको जमघट सम्मेलनमा / आकर्षणको केन्द्रविन्दु लक्ष्मण थारु ।

Sunday, 7 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कृष्णराज सर्वहारी/
रुपन्देही:= थारू लेखक संघ नेपाल तथा थारू कल्याणकारिणी सभा (थाकस) सैनामैना नगर समिति, रुपन्देहीको आयोजनामा गरिएको चौथो राष्ट्रिय थारू साहित्य सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
सैनामैना उचडिहवा होमस्टेमा शुक्रबार र शनिबार भएको दुइ दिने सम्मलेनले थारु भाषालाई थरुहट बहुल क्षेत्रमा कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्न माग गरिएको छ । साथै थरुहटका सबै जिल्लामा थारू लेखक संघको शाखा विस्तार गर्ने, प्रकाशित थारू भाषा, साहित्यकेन्द्रित पुस्तकउपर समिक्षा संस्कृतिको विकास गर्ने भनिएको छ । आगामी पाँचौ राष्ट्रिय थारू साहित्य सम्मेलन २०७५ पुसमा मोरङमा बालसाहित्य बहसमा केन्द्रित गर्ने भनिएको छ । रुपन्देहीको उचडिहवा होमस्टे लगायत विभिन्न होमस्टे क्षेत्रमा थारू संग्रहलाय निर्माण गर्न अपिल गरिएको छ ।


‘थारू भाषा लेखौं, लेखाऔं र पढाऔं’ भन्ने मूल नाराका साथ चौबीसै जिल्लाका थारू साहित्यकारहरुको भेला भएको कार्यक्रममा विभिन्न विषयमा प्यानल छलफल गरिएको थियो । बुद्ध र थारू सम्बन्धको बारेमा विद्यावारिधि गरेका डा गोपाल दहित र महेश चौधरीसँग सुशील चौधरीले बहस गरेका थिए । बुद्धको जन्म भएको शाक्य वंशसँग थारूहरुको धेरै इतिहास मिल्ने भएकाले थारू समुदायको सम्बन्ध बुद्धसँग निकै नजिक रहेको निष्कर्ष थियो ।
थारु लगायत मातृभाषामा आख्यान लेखन अवस्था विषयमा मुना चौधरी, नविन विभास र डा. धनप्रसाद सुवेदीसँग भूमिका चौधरीले संवाद गरिन् । आफू थारू भाषामा जानकार भए पनि मातृभाषामा पाठक थोरै भएकाले नेपाली भाषाको आख्यानमा केन्द्रित रहेको मुना चौधरीले बताइन् । विभास र सुवेदीले स्रष्टाहरुले जुनसुकै भाषामा लेखे पनि हुने तर आफ्नो मातृभाषालाई माया मार्न नहुने जिकिर गरे । कार्यक्रममा टीकापुर घटनामा ४२ महिनापछि रिहा भएका नेता लक्ष्मण थारू धेरैको आकर्षणको केन्द्रविन्दु थिए । थारू नेतृत्वको सवाल विषयमा बहस गर्दै उनले टीकापुर घटना राजनीतिक हो कि होइन ? भनेर सबै सहभागीहलाई हात उठाउन लगाएर राय लिएका थिए । हो भन्ने पक्षमा सबैको हात उठेपछि यस घटनलाई राजनीतिक रुपमा समाधान गर्न, नभए अर्को विद्रोह हुन सक्ने चेतावनी पनि दिए । सोही विषयमा थारू आयोगका अध्यक्ष विष्णु थारूले आयोगलाई थारूहरुको मुद्धा पहिचान गरी समस्या समाधानका लागि सिफारिश गर्ने सम्मको मात्रै अधिकार रहेको बताए । डेनमार्कका पूर्व राजदुत विजय कर्णले थारू, मधेशी, दलितहरुलाई राज्यले अझै पनि अर्कै ग्रहबाट आएको मान्छेको रुपमा व्यवहार गर्ने गरेको विचार राखे ।
गैरथारू अन्वेषकका नजरमा थारू समाज र संस्कृति विषयमा डा मुकुन्द शर्मा तथा पत्रकार चन्द्रकिशोरसँग दिलबहादुर चौधरीले बहस गरे । शर्माले खानपान लगायत विभिन्न समस्याका कारण थारूहरु आफ्नै कारणले पछि परेको राय व्यक्त गरेपछि चन्द्रकिशोरले थारू साहित्यकारहरुले आयोजना गरेको कार्यक्रममा थारूहरुकै अपमान नगर्न आग्रह गरे ।
कार्यक्रमको मुख्य बहस डंगौरा थारू भाषाको मानकीकरणबारे थियो । चितवनीया थारू व्याकरणमा विद्यावारिधि गरेका त्रिविका अंग्रेजी प्राध्यापक डा कृष्णप्रसाद पौडेल तथा थारू भाषाको क्रियाको अवस्था विषयमा विद्यावारिधि शोधरत रामबहादुर चौधरीले डंगौरा थारू भाषामा त, थ, द, ध को प्रयोग नभएको बताए । थारूहरुले जस्तो बोल्छन्, त्यस्तै लेखे वैज्ञानिक हुने उनीहरुको तर्क थियो । महेश चौधरीले थारू भाषामा त, थ, द, ध को प्रयोग सर्वस्वीकार्य भइसकेकाले अनावश्यक बहस जरुरी नरहेको विचार राखे ।
सो अवसरमा दिलबहादुर चौधरी, जित ट्रासन, सीताराम चौधरी, भोलाराम चौधरी, बमबहादुर थारू, प्रल्हाद थारू, केवी चौधरी, दुर्जन चौधरी, कृष्णराज सर्वहारी, मानबहादुर पन्ना, मोती रत्न, रामबहादुर चौधरी, लगायतको दर्जन बढी थारू साहित्यकेन्द्रित पुस्तकको विमोचन गरियो । साथै, थारू कला, संस्कृतिको संरक्षणमा लागेका लेखिका शान्ति चौधरी, गायकद्वय हरिनारायण चौधरी, श्रीनिवास चौधरी तथा सिनेमाकर्मी मनिष चौधरी गरी चारजनालाई सम्मान गरियो ।
सम्मेलनमा सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका, नेपाल प्रज्ञा प्रतिष्ठान, प्रदेश ५ स्थित समाज कल्याण मंत्रालयको सहकार्य रहेको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu