केर्नी न्युज ,,
धनगढी:= थरुहट नेता लक्ष्मण थारुले वर्तमान सरकार कुनैपनि हालतमा द्धन्द्धको सामाधान गर्ने पक्षमा नरहेको बताए । उनले नेपाल आदबासी जनजाती महांसंघ थरुहट खसान सुदूरपश्चिम प्रदेश समन्वय परिषदको आयोजनामा शुक्रबार धनगढीमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा यस्तो बताए ।
प्रदेश नं. ७ लाई सुदूरपश्चि प्रदेश बनाएर थारुहरुको अपमान गरेको भन्दै आफूलाई कुनैपनि हालतमा सुदूरपश्चिम प्रदेश स्वीकार्य नहुने नेता थारुको भनाई थियो । आफूहरुले आन्दोलनको तयारीमा रहेकोले अब हुने आन्दोलन बैचारिक र सैद्धान्तिक हुने बताए ।
तुरुन्तै सकिनेगरि आन्दोलन गर्ने पक्षमा नरहेकोले दीर्घकालिन आन्दोलनको तयारीमा जुटेको बताउदै नेता थारुले आदीबासी जनजाती महासंघलाईपनि पहिचानको आन्दोनमा सरिक हुन अनुरोध गरे ।
कार्यक्रममा थारुकल्याणकारिणी सभा कैलालीका उपसभापति माधब चौधरी, परिषदका अध्यक्ष दलबहादुर घर्ती, सुदूरपश्चिम प्रदेश सांसद तारालामा तमाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।