काठमाडौं := थारु गित संगीतमा लगातार बिशाल फड्को मार्ने क्रममा अहिलेको चर्चित गायिका तथा मोडेल अन्जु कुश्मीले पुनः‘अँधरिया रातमे’ भन्ने म्युजिक भिडियोमा नयाँ अवतार सहित अभिनय गरेर समाजिक संजाल युट्युबमा तहल्का पिटिरहेको छ ।
सीएस फिल्मस् यूट्यूव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा मोडल कुश्मीको नयाँ लुक अचानक चुडैल बनेको भुमिकामा देख्न सकिने छ । मोडल कुश्मी गायनसंगै मोडलिङ पनि गर्दै आएकी छन्।उनले मोडलिङ गरिएको प्राय सबै म्युजिक भिडियो र स्वर दिएका सबै गीत संगीत पनि सुपर हिट हुँदै आईरहेको छ ।
थारु सांगीतिक क्षेत्रमा राज कुश्मी र अन्जु कुश्मी बेस्ट जोडीको रुपमा चिनिन्छन् । यी दुईले ड्युट गायनमात्र होइन, आफ्नो गीतमा आफैँ अभिनयसमेत गर्दै आएर दर्शक क्ष्रोताहरुको मन जित्न सफल भएको छ ।
गायन तथा मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यी प्रख्यात जोडीले हालसालै विन्दास अवार्डमा पनि बेस्ट जोडीको अवार्ड जितेका थिए । यी जोडीले केही महिनाअघि महोत्सवमा राजेश हमाललाई नचाएर समाजिक सञ्जालमा भाइरलसमेत बनेका थिए।
कुश्मीकै मोडलिङ र स्वर रहेको ‘जालीदार चोलिया’,‘फुलकुमारी’, ‘बिटमारले’, ‘छम्मक..छम्मक’ लगायतका गीत र म्युजिक भिडियो पछिल्लो समय दर्शक स्रोताले खुब मन पराएका छन् ।
सिएस फिल्मस् प्रालिको प्रस्तुती रहेको म्युजिक भिडियोमा राज र अन्जु कुश्मीको स्वर संगै मोडलद्वयको मुख्य भूमिका रहेको छ । म्युजिक भिडियोका डाईरेक्टर तथा क्यामेरा पर्सनमा सतिश सिन्हा रहेका छन् ।
तलको लिङ्कमा क्लिक गरि पूरा भिडियो हेर्नूहेर्नुहोस:-