Tuesday, 30 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
१७ बैशाख, भरतपुर । गैँडाले आक्रमण गर्दा भरतपुरमा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका २८ भंगाहाका ४६ वर्षीय खगेन्द्रकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीय खोलामा माछा मारेर फर्किने क्रममा महतोलाई गएराति ९ बजे गैँडाले आक्रमण गरेको थियो। गम्भीर घाइते उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मंगलबार बिहान ३:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । महतोको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको जनाइएको छ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu