छविलाल कोपिलाको कविता " बजार " ।

Sunday 28 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
( बजार )
लेखक:- छविलाल काेपिला,,
बजार !
जहाँ सबथाेक बिक्री हुन्छ
खरिद हुन्छ
र, नाफा-नाेक्सान हुन्छ ।

बचारमा चामल हुन्छ
दाल हुन्छ, नुन-तेल पनि हुन्छ
लत्ताकपडा हुन्छ, अाैजार हुन्छ
र हुन्छ मनाेरञ्जनका साधन पनि
ग्राहकहरू किन्छन्
समान कम, साहुकाे अाचरण बढी ।

बजारमा रक्सी हुन्छ
चिउरा हुन्छ, मासु पनि हुन्छ
र हुन्छ साहुनीकाे मुस्कान पनि
ग्राहकहरू रक्सी पिउँछन्
मासु खान्छन् र त्याे बढी हाँसु खान्छन् ।

याे भन्दा पर एउटा बजार छ
जहाँ समान हाेइन, श्रम बिक्री हुन्छ
देह बिक्री हुन्छ, याैवन पनि बिक्री हुन्छ
र, त्यहाँ बिक्रेताभन्दा बढी ग्राहक मुनाफा लिन्छ ।

एउटा बजार सिंहदरबारमा छ
जहाँ अास्था बिक्री हुन्छ, प्रतिष्ठा बिक्री हुन्छ
इमान बेचिन्छ, पहिचान पनि बेचिन्छ
देश र राष्ट्रियता पनि बेचिन्छ
अनि, यसरी नैतिकता बेच्नेहरूलाई नेता बनाइन्छ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu