थरुहट,मधेस आन्दोलनको बेला तयार पारिएको सिकेलालको प्रतिबेदन सार्वजनिक गर्न राजपाको माग ।

Monday, 20 May 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
डिसी नेपाल् ,,
banner
फाइल फोटो
काठमाडौं:= राष्ट्रिय जनता पार्टीले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ। 
प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाका सांसद चन्दा चौधरीले थरुहट,मधेस आन्दोलनमा भएको दमनबारे छानवीन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी हुन्। आफूहरुले लामो समयदेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको र सदनबाट रुलिङ भइसक्दा पनि सरकारले रुलिङ नमानेकोतर्फ उनले सभामुखको ध्यानाकर्षण गराइन्। 
सभामुख कृष्णबहादुर महराले सोमबारको बैठक सुरु भएको जानकारी गराउने बित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुखले सांसद चौधरीलाई बोल्न समय दिएका थिए। 
सभामुख कृष्ण बहादुर महराले राजपाले उठाउदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको र केही
सयम पछि उचित जवाफ दिने आश्वासन दिएपछि राजपाका सांसदहरुले आसन ग्रहण गरेका थिए। ‘सदस्यहरुले उठाउँदै आएको विषयमा सरकारको पर्याप्त ध्यान गएको मैले ठानेको छु। कारणसहित केही समयपछि सरकारले उचित जवाफ दिन्छ,’ सभामुख महराले भने।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu