गायक जितेन बान्तावाको " आमा ओ मेरी आमा " सार्वजनिक ।

Friday, 3 May 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:= गायक संगीतकार जितेन बान्तवाले आमाको मुख हेर्ने दिनलाई मध्यनजर गर्दै सम्पूर्ण नेपाली गीत संगीत प्रेमी माझ (आमा ओ मेरी आमा) बोलको गीत सार्वजनिक गरेका छन् । समाज सेवामा समर्पित भई आफ्नो छुट्टै पहिचान बनाईसकेका गायक/संगीतकार जितेन बान्तावा गाउनमा र गीतलाई संगीत गर्नमा पनि उत्तिकै माहिर छन् ।

सानैमा आफ्नो आमा गुमाएका गायक संगीतकार जितेन बान्तवा भन्छन माया प्रेमका गीत दिनहुँ सार्वजनिक भईरहेका बेला मैले (आमा ओ मेरी आमा) गीतलाई पूर्णता दिएको हुँ। आमा गुमाउनुको पिडा र आमा नहुँदा कत्तिको एक्लो पन महाशुश हुन्छ ,त्यो मलाई र प्रत्येक आमा नहुनेलाई पक्कै थाहा छ ।

त्यसैले मैले सम्पूर्ण आमा नभएका र भएका संगीत प्रेमीहरुका लागि आमा नहुँदा एस्तो हुन्छ आमा भएकालाई पनि आमालाई सम्मान गर्नु पर्छ | आमा भएकालाई पनि आमाको महत्व एस्तो हुन्छ है भन्ने एउटा संदेश जावोस भन्ने हेतुले मैले आमा लाई डेडीकेट गर्दै यो ( आमा ओ मेरी आमा) गीत’को भिडियो सार्वजनिक गरेको हुँ ।

त्यसोत समाज सेवामा पनि गायक जितेन बान्तवा’को उत्तिकै चर्चा परिचर्चा हुने गर्दछ | गायक बान्तवाले गरेको निश्वार्थ सामाज सेवा’को कारण’ले उनलाई चिन्नेले दोश्रो रबि लामिछाने पनि भन्ने गर्दछन् | समाजसेवा’मा उनले दिएको योगदानको कुरा गर्दै जाँदा कृष्ण र रुपा वली ,होस या मेघा घिमिरे ,बुद्धिमान कुँवर, बेचिन लागेका चेलीहरु होस, या ,श्रीमान्’ले धोका दिएका नेपाली दिदि बैनी होस् सबैको दुखमा मलम लगाउने कार्यको दोश्रो नम्बरको व्यक्तिमा पर्दछन समाजसेवी गायक संगीतकार जितेन बान्तवा ।

समाजसेवाका आलावा गीत संगीतको क्षेत्रमा पनि बिगत १० बर्ष अगाडिबाट आफुलाई निरन्तर सांगीतिक र सामाजिक सेवामा आवद्ध गराई बेला मौकामा सुमधुर गीत संगीत पस्किने क्रममा अहिले (आमा ओ मेरी आमा ) गीतको भिडियो आम संगीत प्रेमी माझ ल्याई सार्थकता दिएका छन् ।गायक बान्तवा’का पछिल्ला समयका गीतहरु नजाऊ चेली विदेश ,आमा तिम्ले छाडी गएपछि, क्षितिज पारि, बादल पारी तिम्रो शहर,जस्ता गीतले आम जनमासमा कब्जा जमाई सकेका छन् ।

सार्वजनिक भएको मेरी आम़ा गीतलाई प्रदेश पेरिस फ्रान्स’मा रहेर पनि नेपाली गीत संगीतलाई असाध्यै मायाँ गर्ने गीतकार प्रतिमा गुरुङ’ले रचना गर्नु भएको छ भने , संगीत र स्वर स्वयम् गायक जितेन बान्तवा’को रहेको छ | त्यसैगरी संगीत संयोजन पावल चाम्लिङ राई’को रहेको छ ।

गीतको भिडियोमा निर्देशन जितेन बान्तवा,छायांकन केशब बिस्वकर्मा, सम्पादन / कलरिङ मोहन सुनुवार नबिन’को रहेको छ भने, भिडियोमा गायक स्वयम् जितेन बान्तवा , र सोना पालूङगवा’को मार्मिक अभिनय रहेको छ । गीतको अडियो भिडियोलाई जितेन बान्तवा अफिसियल युट्युब च्यानल’ले पोष्ट प्रोडक्सन गरेको छ । भिडियोलाई जितेन बान्तवा”को युट्युब च्यानल’मा हेर्न सकिन्छ ।

केहि पहिला सार्वजनिक भएको गायक जितेन बान्तवा’को स्वर संगीत रहेको गीत (आमा तिम्ले छाडी गएपछि ) बोलको गीतलाई पनि पेरिस फ्रान्स’मा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने गीतकार प्रतिमा गुरुङ’ले नै रचना गर्नु भएको थियो ।गायक बान्तवा भन्नुन्छ मलाइ आशा छ, आफ्नो आमालाई मायाँ गर्नुहुने सम्पूर्णले यो (आमा ओ मेरी आमा) गीतलाई धेरै भन्दा धेरै लाईक कमेन्ट र शेयर गरेर साथ् दिनुहुने छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu