सुदूरपश्चिममा भयानक हवाहुरी /टिकापुरका लहानु चौधरीको मृत्यु ।

Friday, 7 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
लखन चौधरी ,,

धनगढी:= विहीबार राती ८ बजेको समयमा आएको तीव्र गतिको आँधी हुरीले कैलाली सहित सुदूरपश्चिमको अवस्था तहसनहस भई जनजीवन प्रभावित बनेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश डाँगीका अनुसार आज विहान ६ बजेसम्मको अपडेट अनुसार २ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् ।
मृत्यु हुुनेमा टीकापुर नगरपालिका–२ का लहानु चौधरी रहेका छन् । उडेर आएको घरको जस्तापाता लाग्दा उनको मृत्यु भएको हो । त्यस्तै, आँधी हुरीकै क्रममा अनियन्त्रित भई टिप्पर र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
 गोदावरी नगरपालिका–८ मा बा ३ प ३८३६ नम्बरको टिप्पर र से १ प ५८२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको प्रहरी निरिक्षक डाँगीले बताए । तर यो घटनालाइै सडक दुर्घटनाको रुपमा लिइने उनको भनाई छ ।
त्यस्तै, आँधी हुरीकै कारण हालसम्म ७६ जना घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा गोदावरी नगरपालिका–२ का जनक मल्ल, उनको छोरा गौतम मल्ल गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि भारत रेफर गरिएएको छ । त्यस्तै, धनगढी उपमहानगरपालिका–१२ की सरीता जोशी र धनगढी उपमहानगरपालिका–२ की शिवचना चौधरी गम्भीर घाइते बनेकी छिन् । उनीहरुको उपचार सेती अञ्चल अस्पताल धनगढीमा भैरहेको प्रहरी निरिक्षक डाँगीले जनाए ।
यो क्षेत्रको विधुत सेवा राती ८ बजेदेखि नै अवरुद्ध भएको छ । विभिन्न क्षेत्रमा विद्युतका पोलहरु ढल्न गई अवरुद्ध भएको जनाइएको छ । अधिकांशका घरका छाना उडेका छन् भने वनजंगलमा रुखहरु सोत्तर परेका छन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu