मलेसियामा साङ्गीतिक कार्यक्रमको आयोजक सहित नेपाली कलाकारलाई इमिग्रेसन प्रहरीले समाते ।

Thursday, 6 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
  • हमार सनेश सहकर्मी,
  • सुनाखरी मगर,,
क्वालालम्पुर (मलेसिया) :=मुश्लिम धर्मावलम्बीहरुको महानचाड,पर्व हरिराया, ईदको अवसर पारेर बिहिवार मलेसियामा आयोजित कार्यक्रममा आएका नेपाली कलाकारहरु पक्राउ परेका छन् ।
साङ्गीतिक मनोरञ्जन गराउन मलेसिया आइपुगेका कलाकारहरुलाई यहाँको अध्यागमन बिभाग(इमिग्रेसन)ले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय कलाकारका साथै नेपालबाट आएका कलाकारसमेत छन् ।एसएसओजी ग्रुपद्वारा आयोजित सो कार्यक्रममा नेपालबाट आएका गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदम्बेसहित स्थानीय कलाकार र आयोजक पनि पक्राउ परेका हुन् ।

क्वालालम्पुस्थित कोताया कम्पेल्क्समा भएको कार्यक्रममा अध्यागमनले स्थानीय समय अनुसार दिउँसो ३ बजे छापा मारेको थियो । नेपालबाट आएका कलाकारले आफ्नो प्रस्तुति दिन नपाउँदै अध्यागमनले छापा मारेपछि कार्यक्रम नै स्थगित भएको थियो ।कार्यक्रम स्थलमै अध्यागमन बिभागले छापा मारेपछि उपस्थित दर्शकहरु एकदमै त्रसित बनेको थियो।
पक्राउ परेका आयोजक र कलाकारहरुलाई पुत्राजाया अध्यागमन बिभागमा राखिएको छ । मलेसियामा साङ्गीतिक कार्यक्रम गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था पहिल्यै देखि रहेको छ भने आयोजकले कानुनी प्रक्रिया पूरा नै नगरीकन कार्यक्रम आयोजना गरेको हुनसक्ने श्रोतले बताए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu