रामधुनी भादगाउँटोलका दोहा कतारमा कार्यरतद्धारा क्यान्सर पिडित चौधरीलाई आर्थिक सहयोग

Friday, 7 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
झुम्का ( सुनसरी) := रामधुनी वडा नं. १ झुम्काका क्यान्सर पिडित आनन्द चौधरीलाई उपचार सहयोगकालागी आर्थिक सहयोग गरेको छ । कतारमा कार्यरत रामधुनी भादगाउँ टोलका तथा रामधुनीकै अन्यटोल र नुवाकोटकाले समेत आर्थिक सहयोग गरेको हो ।

संकलित आर्थिक सहयोग ३० हजार १ सय ५८ रुपयैया सुक्रवार पिडितलाई हस्तान्तरण गरेको छ । कतारमा कार्यरत प्रवासिहरुको परिवारका सदस्यहरुले संयुक्त रुपमा पिडितको छोरी दक्षिणा चौधरीलाई सो रकम हस्तान्त गरेको हो । स्वस्थ्यलाभको कामना सहित गाउँका साथिभाईलाई  सहयोग जुटाएको कतारमा कार्यरत संजय चौधरीले जानकारी दिए । भादगाउँटोलका तथा अन्य टोलका पनि संगै कामगरिरहेकाले उनिहरुले समेत सहयोगको भावनाले आर्थिक सहयोग गरेको बताए । 

सहयोग गर्नेहरुमा बिक्रम चौधरी(भादगाउँ)कतारी रियाल १०१,अनिश चौधरी(भादगाउँ) १०१,बिनोद चौधरी(भादगाउँ)१०५,राजकुमार शाह(भादगाउँ)१०५,संजय चौधरी(भादगाउँ)१०१,राजेश चौधरी(झुम्का)१०१,अजय चौधरी(डुमैरिया)१०५,रोहित चौधरी(भादगाउँ)कतारी रियाल ५१,मनोज चौधरी(झुम्का)५०,कृष्ण चौधरी(लालपुर)५१,धुब्र(नुवाकोट)७१,मुना चौधरी(भादगाउँ)५०,बिध्यानन्द चौधरी(रहिपुर)२० कतारी रियाल सहयोग गरेको कतारबाट संजय चौधरीले जानकारी दिए ।

पिडितकालागी आएको सहयोग उन्कैघरमा गएर हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण कार्यक्रममा सनम चौधरी,मन्जु चौधरी,रमा चौधरी,समाजसेवि सन्जिव चौधरी,थारु महिला उत्थान समाज रामधुनी सुनसरीकी अध्यक्ष सिता थरुनी,पिडित परिवारका सदस्य समतोलिया चौधरी लगायतका सहयोगीहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी पिडितलाई रामधुनी नगरपालिकाबाट पनि सहयोग गरेको जानकारी दिएको छ । सिता थरुनीको पहलमा नगरपालिकाबाट रकम रु १० हजार सहयोग गरेको हो । यस भन्दा पहिले रामधुनी बचत समुह दोहा कतार च्याप्टरबाट उपचार खर्चकालागी रु ३५ हजार ४ सय ६० रुपैया सहयोग गरेको थियोे ।

पिडित चौधरी चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारत्त रहेकोे छ । मुख क्यान्सर पिडित चौधरीको जेष्ठ ९ गते बुधवार अपरेशन भएको उन्को छोरी दक्षिणा चौधरीले जाकारी दिईन् । अपरेशन पछि क्रमिक रुपमा स्वस्थ्य अवस्था सामान्य हुदै गएको परिवार जनले बताएको छ । दुःखमा साथ र सहयोग गर्नु हुने संघ संस्था,नगरपालिका,ब्यक्तिहरुलाई पिडित परिवारजनले धन्यवाद ब्यक्त गरेका छन् । क्यान्सर पिडित आनन्द चौधरीको आमा ७० बर्षिय गिता चौधरीले सहयोगी हाथहरुले सहयोगगरी हौसला र आत्मबल बढाएकोमा धन्यवाद ब्यक्त गरिन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu