अनुज थारु ,,
बाके:=थारु समुदायमा बिभिन्न संस्कृति तथा चाडपर्ब मध्य खेतमा खाना खाने चलन पनि एक हो । जस्लाई थारु भाषामा (कल्वा खइना) भन्ने गरीन्छ । बर्ष भरीको खेतिपाटी शुरु गर्नु भन्दा अगाडी खेतमा बिभिन्न प्रकारको तरकारीहरु साग, सिध्रा माछा, बंगुरको मासु, दाल, गेडा गुडीहरु लगायत सबै परिकार बनाएर लैजाने र सुर्यदेव, मेघराज, धर्तिमाता भगवानको पुजा गरेर खेतमै कल्वा खाने चलन रहेको छ ।
बिशेषगरी शुरुको कल्वा खाने दिन सिध्रा माछा र बंगुरको मासु अनिबार्य लैजाने गरीन्छ । यसरी शुरुको दिन पुजा पाठ गरेर खेतमा खाना खाँदा खेतिपाति राम्रो हुने, गोरु, राँगा र मानिसहरुलाई शुबिष्ट हुने धार्मिक बिश्वास रही आएको छ ।