आर एन चौधरी थारु,,
क्वालालम्पुर (मलेसिया):= नेपाल् तामाङ घेदुङ मलेसियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई चेतावनी सहित आफ्नो विवादित अभिब्यक्ती,बोली सच्याउन सुझाव दिईएको छ ।
घेदुङ मलेसियाले प्रचण्डले आफ्नो बोली सुधार्न सुझाव सहित चेतावनी दिदै उनी विरुद्ध एक प्रेस बिज्ञप्ति जारी गरि लेखेका छ्न कि ,
" नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले हालै सम्पन्न भरतपुर महानगरपालिकाको चौथो नगर सभा लाई सम्बोधन गर्दै विगतमा नेकपा महासचिव बिप्लव सँग भएको वार्तालापको प्रसङ्ग उदृढ गर्दै "नुवाकोटको तामाङ केटि लाई बिवाहा गर्छु भनेर काठमाडौ ल्याएपछी मुम्बई पुर्याए जस्तै" भनेर दिइएको अभिव्यक्ति प्रती नेपाल तामाङ धेदुङ मलेसियाको गम्भीर ध्यानाकर्षण भएको छ।

एउटा सम्मानित ब्याक्तिले खुल्ला रुपमा दिइएको प्रचण्डले दिइएको बक्तब्यले देश तथा विदेशमा छरिएरा रहेका हामी लाखौ तामाङहरुको संवेदना र भावना माथी प्रहार भएको छ। स्मरण रहोस इतिहासको हरेक खाले परिवर्तनमा तामाङहरुको अतुलनीय योगदान रहदै आएको छ। राणाकालमा शासकहरु लाई गाडी बोकिदिएर गद्दिमा बसाएका थिए तामाङहरुले अहिले पनि तामाङहरुकै बुइ चडेर शासन सत्ता अनि शक्तिमा रहेको कुरा नबिर्सन लाई आग्रह गर्न चाहान्छौ ।
समयले कोल्टे फेरि सक्यो यदि यस्तै एकोहोरो हामी माथी नै नश्लिय प्रहार र विभेद भइ रहने हो भने देखि अब हामी सहेर बस्न सक्दैनौ र सम्पुर्ण तामाङ समुदाय चुप लागेर बस्दैन । हामी हाम्रो इमान,संवेदना र सम्मानको लागि कुनै पनि हालतमा यस्ता अन्याय,अत्यचार,अपहेलना र विभेदको विरुद्धमा जुनसुकै शक्ति सामु लड्न तयार छौं। हामी सामाजिक सद्भाव बिथोल्न चाहान्नौ तर जस्ले तामाङ समुदाय प्रती धावा बोल्छ हामी उसको विरुद्धमा हदै सम्म जान तयार छौ।
तसर्थ देशको महत्त्वपूर्ण ब्यक्तिको रुपमा चिनिएका नेकपा अध्यक्ष तथा सम्माननिय पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले आम तामाङ समुदाय लाई उक्त अभिव्यक्तिको सन्दर्भमा प्रष्ट पार्न र यसलाई सार्वजनिक रूपमा सच्याउन आग्रह गर्दछौं। साथै यस सम्बन्धमा हामो आफैं भित्र बिभाजित नभई संयमित ढङ्गले प्रस्तुत हुन आम समुदायमा हार्दिक अनुरोध गर्दा छौं ।
सार्वजनिक कार्यक्रममै दिइएको उक्त विवादित अभिब्यक्ती संगै अहिले देश देखि बिदेशबाट पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्षद्धय प्रचण्डको तिब्र रुपमा बिरोध भैईरहेको छ ।
बिज्ञप्ति सहित तल हेर्नुहोस :-