मैत्रीपुर्ण फुटबल खेलमा मलेसियासंग नेपाल २-० ले हार्यो ।

Monday, 3 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
मलेसिया := आईतवार मलेसिया संग भएको मैत्रीपुर्ण फुटबल खेलमा नेपाल मलेसिया संग २-० को गोल अन्तरले हारेको छ। 
मलेसिया को क्वालालम्पुर स्थित बुकित जलिल स्टेडियम मा भएको खेलमा मलेसिया संग नेपाली टिम सुरुवात देखि नै दबाब रहेको थियो। 

पहिलो हाप गोल रहित खेलेपनी दोस्रो हाप को ४७ औ मिनेटमा अनन्त तामाङले मलेसिया खेलाडी लाई डि बक्स भित्र लडाएपछी मोहम्मद सवाफी रसिद ले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएको थियो। 

एक गोलले पछि परेको नेपाल ८१औं मिनेटमा नेपाली खेलाडी ले फल गरेपछि  पाएको फ्री किक मा मलेसियाका शाहरुल मोहम्मद सदले हेड मार्फत गोल गर्दै मलेसियालाई २-० गोलको अग्रता दिलाए । बाँकी समयमा नेपालले गोल गर्न नसकेपछि मलेसियाले २-० गोलले जितेको हो ।
अब नेपालले जुन ६ तारिखमा चाइनिज ताइपेसँग खेल्न लाई यतैबाट ताइपेई जानेछ। 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu