काठमाडौं := थरुहट आन्दोलनको घोषणा गरेको लक्षमण थारु लगायतको टिमले विभिन्न ८ बुंंदे माग सरकार समक्ष अगाडि सारेको छ । राजधानी स्थित एक हलमा आईतवार आयोजना गरिएको पत्रकार सम्मेलन कार्यक्रम मार्फत भदौ ७ गते कैलाली जिल्लाको टीकापुरमा बृहत भेला गर्ने निर्णय समेत गरेको छ ।
आन्दोलनको संयोजकमा मिनराज चौधरी रहेको छ भने आन्दोलनको मागमा ८ औंं बुदामा थारुहरु मध्ये राना थारुलाई छुटै आदिवासी घोषणा गर्न सरकार संग माग गरिएको छ । यदपि थारु जाति मध्यको राना थारु मात्र नभई अन्य थारु थारुहरुमा पनि फरक फरक भाषा , चालचलन , संस्कार सदियौ्ंंंदेखि चल्दै आईरहेको छ मिलेरै बसेका छ्न।
यस मागले थारु थारुलाई फुटाउन खोजेको प्रष्टै बुझ्न र देख्न सकिन्छ ।राना थारु समुदायको समर्थनको लागि उक्त माग राखिएको हुन् सक्ने देखिएतापनि यदि यहि मुदा अन्य थारु जातिले उठाए थरुहट आन्दोलनको अर्थ खासै नरहने देखिन्छ।किनकी आन्दोलन गरिन्छ समुदायलाई एकक्षुत्रमा बाध्नको लागी ना कि फुटाउन टुटाउन ।
थारु बीच एकता गरेर आन्दोलन गर्नु पर्ने समयमा थारुलाई नै टुटाउने माग राख्दा पुर्बी तराईमा खवास थरका थारुहरु पनि छुटिन खोजेको पनि देखिएको प्रती आन्दोलनको नेतृत्व गर्नेहरुको ध्यान जानु पर्ने देखिन्छ । थारुलाई फुटाए देशको तेस्रो ठुलो जनसंख्यामा थारुको स्थिथि कम मात्र हुने होइन आरक्षण पाउने सवाल मा पनि असर पर्ने देखिन्छ । ८ बुंंदे मागमा थारु बिधार्थिहरुको आरक्षण बारे कुनै बुंंदाले नसमेटेको देखिन्छ साथै देश बिदेशबाट तिब्र बिरोध हुने सम्भावना बढ्न सक्ने र आन्दोलन कमजोर हुन सक्ने संकेत देखिन्छ ।



