हमार सनेश सहकर्मी ,,
इटहरी:= केहीदिन यता भ्रष्ट कर्मचारीलाई लातैलातले कुटपिट गर्छु भन्ने र भ्रष्ट कर्मचारीलाई साथ दिने पत्रकारलाई लोपार्ने , नाकको डाडि भाच्दिन्छु भन्ने तर्क दिएर ब्यापक चर्चामा रहेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई बिराटनगर एअरपोर्टमा भब्य स्वागत गरिएकोे छ ।
शुक्रबार साँझ विराटनगर विमानस्थलमा ओर्लिदा उनलाई स्वागत गर्न इटहरीका स्थानीय जनता,युवाहरु पुगेका थिए । उनिहरुले मेयर चौधरीको भब्य स्वागत गरे । भ्रष्टाचार विरुद्दको अभियानमा हामी साथ छौं भन्ने आशयका ब्यानर सहित पुगेका युवाहरुले स्वागत गर्नुका साथै मेयरको जयजयकार समेत गरे ।
सहभागीहरुले भ्रष्टाचार नियन्त्रणमा मेयरको अडानको प्रसंसा गरेका थिए । युवाहरुले जथाभावी समाचार लेख्न पाइदैन भ्रष्ट कर्मचारी चाहिदैन भन्दै तीब्र नारावाजीसमेत गरेका थिए ।
भ्रष्टाचारलाई प्रोत्साहन गर्ने जुनसुकै पत्रकार भएपनि कुट्ने धम्की दिएका मेयर चौधरीको आलोचना पत्रकारहरुबाट भैरहदा एउटा नेपाली जनताको जमात भने उनको भ्रष्टाचार विरोधी गतिविधिको पक्षमा उभिएको देखिएको छ । केहीदिन यता सामाजिक सञ्जाल लगायत स्थानीयस्तरमा मेयरको पक्षमा ब्यापक जनमत देखिएको छ ।



