फ़ेरि आयो " साईली " नामक पासाङ् ल्हामु शेर्पाको अर्को नयाँ गित (भिडियो सहित हेर्नुस्) ।

Thursday, 4 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
काठमाडौं := नेपाली गितसंगितले दिनानुदिन सफलताको शिखर चुम्ने क्रम बढ्दै गैइरहेको छ ।त्यहीँ सफलताको होडबाजीमा आफ्ना लागी केही स्थान बनाउन , लागी परेकी हिमालको काखमा जन्मे,हुर्केकी एकदमै नयाँ नाम हुन पासाङ् ल्हामु शेर्पा । 

सुरुसुरुमा मोडलिङमा औंधी रुचि राख्ने , केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी हिमाली जिल्ला सोलुखुम्बुमा जन्मिएकी पासाङ् ल्हामु शेर्पा पछिल्लो समय गायिका बन्नलाई अथक प्रयास गरिरहेकी छ्न । पासाङले गायिका बन्नलाई नेपाली गितसंगीतको बारे बुझ्न र सिक्नलाई प्रशिक्षण समेत लिईरहेकी छिन् ।
त्यही अथक प्रयासको क्रममा केही दिन अगाडि मात्रै पासाङ् ल्हामु शेर्पा र आङ ङिमा शेर्पाको संयुक्त स्वरमा सजिएको सेलो भाका " साईली " गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएका छ्न ।



साईली नामक यस् सेलो गीतमा जीवन बोम्जनको शब्द र लय रहेको छ भने नब गायक/गायिका आङ ङिमा शेर्पा र पासाङ ल्हामु शेर्पाको सुमधुर स्वर रहेको छ ।उक्त गीत को छायाङ्कन रोशन फ्यूबा र ड्रोन मा सेन्साइ पेमाले साथ दिइएका छ्न ।

भिडियोमा छ्योङ्बा शेर्पा र सिर्जना ब्लोनको मनमोहक अभिनय रहेको छ ।त्यसैगरी न्रित्य निर्देशन मन्जु थिङ लामा को रहेको छ भनेे भिडियो निर्देशन जीवन बोम्जन ले गरेका हुन ।
यस् म्युजिक भिडियोलाई सक्दो राम्रो बनाउन बहराईन लाई कर्मा भुमी बनाई हालै नेपाल आएका नृत्यनिर्देशक कबिन ब्लोनकोे पनि अतुलनिय योगदान रहेको छ ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस :- 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu