थारु दाजु बहिनीको स्वरमा रहेको “ठेङे से” बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Wednesday, 31 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,
राम अवतार चौधरी,,
कपिलवस्तु:= कलाकारिता क्षेत्रमा बेग्लै पहिचान बनाएका गायक खेम र शान्ति चौधरीको सुमधुर स्वरमा रहेको “ठेङे से” म्युजिक भिडियो सार्वजनिक  भएको छ । सांगितिक यात्रामा निकै जटिलता पार गर्दै गायक चौधरी भने आफ्नै यूटुव च्यानल खेम चौधरी निर्माण गरि आइतबार सो भिडियो सार्वजनिक गरिएको हो ।

सो म्युजिक भिडियाको निर्देशन थारु सिनेजगतमा ख्याति प्राप्त मोडल तथा नव भिडियो निर्देशक विर चौधरीले गरेका छन् । भने मोडलिङ बिरगञ्ज घर भएका चन्द्र शेखर र रुपन्देही घर भएकी अन्जली चौधरी मोडलका रुपमा रहेका छन् । भने शब्द ओम प्रकाश गोँइजिहारको रहेको छ । त्यसैगरी एरेन्जरमा गणेश चौधरी रहेका छन् भने मेकअपमा सुमित्रा चौधरी रहेकी छन् र क्यामरा मेन रोहन पृथक रहेका छन् ।    
“ठेङे से” नामक म्युजिक भिडियो पश्चिमी थारु भाषामा रहेको कलाकारले बताएका  छन् । गायक खेम चौधरी भने थारु समुदायका प्रतिभावान कला भएका होनहार व्यक्त्वि हुन् । कपिलवस्तुको बाणगंगा घर भएका गायक खेम हाल दाङमा आफ्नै व्यापार पनि गर्दै आएका छन् । साथमा नव गायिका शान्ति चौधरी भने खेमकै आफ्नै बहिनी रहेको बताए । 

थारु समुदायको हक हितका लागि आवाज उठान गर्न सांगितीक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले आफू कलाकारिता जगतमा लागी परेको नव गायिका शान्ति चौधरीले बताईन् ।  उक्त म्युजिक भिडियोको सुटिङ भने दाङको लमही लगायतका रहेका रमणीय स्थानलाई समेतिएको जानकारी गराउँदै श्रोताहरुले निकै नै रुचाई दिने निर्माताले दावी गरेका छन् ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :- 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu