हमार सनेश सहकर्मी ,,
नवलपरासी := थारु पत्रकार संघ नवलपुरको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्षमा सुर्य कुमारी महतोको सहित ७ जनाको कार्यसमिती चयन गरिएको छ ।
जस्मा उपाध्यक्ष खेम नारायण महतो, सचिवमा चन्द्र कुमारी महतो , सह सचिवमा राज कुमार महतो ,कोषअध्यक्षमा हरी महतो , सदस्यमा पृथ्वी महतो र १ सदस्य पछि मनोनीत गरीने भएको छ । सल्लाहाकार समितीमा नि वर्तमान अध्यक्ष जित नारायण थनेत रहनु भएको छ ।
सो कार्यक्रमा था.क.स .का जिल्ला सभापति राम प्रसाद महतो , था.क.स. का नि वर्तमान अध्यक्ष गणेश मान महतो , रिटनीङ्ग माईग्रेट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेत , थारु महिला सभाका अध्यक्ष टिका कुमारी महतो , थारु युवा सभाका अध्यक्ष डहक राम गुरौ लगायतले नयाँ कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यसैगरी था.क.स नगर कमिटीका अध्यक्ष ओम नारायण थनेतले अवको आगामी दिनहरुमा थारु पत्रकारहरुले थारु समुदायमा भएका गतिविधीहरु सञ्चारमाध्यम मार्पmत थारु हकहितका कुराहरु उत्थान गर्ने,थारुपत्रकारहरुको संख्या अझै बढाउनु पर्ने भन्दै नयाँ कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रम थारु राष्ट्रिय संग्राहालय नवलपुरको डण्डामा सम्पन भएको हो।