थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीको संयोजकमा माधव थारु ।

Saturday, 31 August 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम दहित/कैलारी अनलाईन,,
कैलाली := थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय संयोजक तथा थरुहट नेता लक्ष्मण थारु थरुहट थारुवान पहिचानका लागि आफू १० वर्ष सम्म आन्दोलन गर्न तयार रहेको बताएको छन् ।
शनिबार कैलालीको घोडोघोडी नगरपालिका सुखडमा आयोजित थरुहट थारुवान जिल्ला सम्मेलनमा संयोजक थारुले थारुहरुको हकअधिकार पहिचानका लागि आफू १० बर्ष अझै आन्दोलन गर्न तयार रहेको बताए । साथै उनले थारुहरुको अधिकार प्राप्ति नहुन्जेल सम्म आफू कुनै पार्टीमा प्रवेश नगर्ने समेत उद्घोष गरे ।

यसका साथै उनले असोज ३ गते संविधानको संविधानको धारा १८, २२, ३२, अनुसुचि ४ जलाउने तयारी भएको बताए । कार्यक्रममा संयोजक थारुले सत्ता पक्ष थारुहरु सम्मेलन विथोल्न धेरै प्रयासका बावजुद पनि आन्दोलनको मुद्धा, एजेन्डा सहित सबैको साथ सहयोगमा टीकापुर सम्मेलन सम्पन्न गर्न सफल भएको संयोजक थारुले बताए ।
पूर्व सभासद तथा मोर्चाका केन्द्रीय सल्हकार कृष्ण कुमार चौधरी राज्यको दमनसंगै थारुहरुको मुद्धा विरोधीहरुको कारण टीकापुर घटना पश्चात थारुहरुहरु हत्तोत्साहित भएको बताए । थारुहरुको मुद्धालाई राष्ट्रिय अन्तरािष्ट्रय स्तरमा स्थापित गर्नकोलागि पुन थारु, यूवा नेता, बुद्धिजीविहरु जुरमुराउनु पर्ने औंल्याए ।

थरुहट थारुवान संघर्ष समिति प्रदेश संयोजक तथा थरुहट नोता होरीलाल चौधरी, थरुहट नेता मोहन थारु पार्टी भन्दा पनि मुद्धालाई मध्येनजर गरेर सम्पूर्ण थारु एकताबद्ध हुन आवश्य रहेको बताए ।
कार्यक्रममा थरुहट नेता बसन्ती चौधरी थारुहरु आफ्नो पहिचानको लागि आन्दोलन गर्न जरुरी रहेको बताईन् । त्यसै गरि थरुहट नेता अरुन चौधरी थारुहरु पहिचान सहितको अधिकार प्राप्तीकोे लागि आन्दोलन आवश्यक रहेको बताए।

सम्मेलनले थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक माधब थारुको संयोजत्वमा ५१ सदस्य कायसमिति चयन भएको छ । सह संयोजक लौटन चौधरी, प्रवक्ता चुन्नी चौधरी, सचिब बसन्ती चौधरी रहेका छन् ।
त्यसै गरी सदस्यमा अरुण चौधरी, देशराम चौधरी, आशा चौधरी, दिनेश चौधरी, गंगा दहित, शर्मिला चौधरी, प्रदेशी चौधरी, आशिष चौधरी, चक्र चौधरी, सविता चौधरी रहेका छन् । सल्लाहकार समितिमा प्रभात कुमार चौधरी, मणिराम चौधरी र भगतराम चौधरी रहेका छन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu