हमार सनेश सहकर्मी ,,
बाँँके:= थारु समुदायको पहिलो चाड ‘गुरही’ भब्यताकासाथ मनाईने भएको छ । थारु समुदायहरुले बिशेष पर्वको रुपमा मनाउने गुरहीलाई भब्य बनाउन बाँकेका थारु अगुवाहरु एक भएका छन ।
थारू कल्याणकारिणी सभा बाँके, थारु पत्रकार संघ बाँके, थारु विद्यार्थी परिवार बाँके र थारु कलाकार मंच बाँकेले संयुक्त रुपमा यहि साउन २० गते गुरही पर्व मनाउने भएका छन । बाँकेको नेपालगन्जमा गुरहीका अवसरमा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरीने कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद चौधरीले जानकारी दिए ।
यस पर्वलाई भव्य र सभ्य बनाउन विभिन्न जिल्लाबाट नेपालगन्जलाई कर्मथलो बनाएका थारु समुदायका युवायुवती, अगुवा, बुद्धिजिवी, कर्मचारी, नेताहरुलाई समेत उपस्थिति गराएर गुरही पर्व भव्य रुपले मनाउने योजना रहेको अध्यक्ष चौधरीले बताए । थारु जतिहरुको पर्वको शुरुवात गुरही पर्वबाट हुने भएकाले यस पर्वलाई बिशेष पर्वको रुपमा मनाउने योजना रहेको अध्यक्ष चौधरीले बताए ।
थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ नाग बाबालाई पुजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास रहेकोे थारु अगुवाहरुको भनाई छ । गुरही पर्वलाई थारु संस्कृतिको धार्मिक पक्षसँग तुलना गर्दा बढी उपयुक्त रहेको उनको भनाई छ ।
गुरही पर्वदेखि नै चाडपर्व सुरु हुने भएको हुनाले यसलाई एकताको पर्वका रुपमा मनाउने तयारी भईरहेको थारु पत्रकार संघ बाँकेका अध्यक्ष भगतराम थारुले जानकारी दिए । विभिन्न परिकार खाएर गुरही पर्व मनाउने चलन रहेको छ ।