प्रमोद जंग चौधरी,,
बाँके:= लामो समय देखि थारु सांगीतिक क्षेत्रमा लाग्दै आएको गायक राज कुश्मीको नयाँ थारु कल्चर गित "बैथक्कु"को भिडियोले यतिबेला दर्शक क्ष्रोताहरुको मन जितिरहेको छ।यस् थारु कल्चर गितमा शब्द,संगीत गायक राज कुश्मिको रहेको छ भने स्वरमा राजलाई सुमधुर स्वरकी धनी गायिका समिक्षा चौधरीले साथ दिएकी हुन ।
त्यसै गरि भिडियोमा कोरस स्वरमा अन्नु चौधरी , गणेश चौधरी ,अन्जु कुश्मी ,सानु कुश्मी ,श्री देबि चौधरी लगायतको गायिकाले साथ दिइएका छ्न भने भिडियोलाई सुरज कुशुम्याले निर्देशन गरेका हुन ।
राज कुमार थारुले निर्माण गरेको यस् म्युजिक भिडियो गितमा राज कुमार थारु ,अन्जु कुश्मी,रीतु सानु ,राधा चौधरी ,निर्मला चौधरी लगायतको थुप्रै थारु कलाकारहरुको मनमोहक नृत्य देख्न सकिन्छ ।
नजिकिदै गरेको नेपाली हिन्दु धर्मावलम्बीको महान चाड बडा दशै,तिहारलाई लक्षित गरी बनाइएको थारु म्युजिक भिडियो बैथक्कु गीतको छायाङ्कन बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका ३ मिर्चैया र भुरिगाउँमा भएको गायिका,मोडल अन्जु कुश्मीले बताईन ।
आर के सि डिजिटलको युट्युब च्यानलबाट बैथक्कु थारु गीत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको हप्ता दिन नबित्दै भिडियोले दर्शक क्ष्रोताहरुको अथाह माया पाईरहेका छ्न ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् र सेयर समेत गर्नुस् :-