राष्ट्रिय जनमोर्चा कपिलवस्तुको गाउँ-गाउँ,टोल टोलमा पुग्दै।

Saturday, 7 March 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:= राष्ट्रिय जनमोर्चाले सदस्यता वितरण तथा संगठन निर्माण अभियानमा तिब्रता दिएको छ । अभियानका क्रममा कपिलवस्तुका विभिन्न स्थानीय तहको गाउँ टोलमा राजमोका नेता कार्यकर्ताहरु पुगिरहेको राष्ट्रिय जनमोर्चाले बताएको छ ।

यसै क्रममा बुधबारे जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ३ मदवा सुकुम्बासी टोलमा टोल समिति गठन गरिएको छ । राम प्रसाद कामीको अध्यक्षतामा ११ सदस्यीय सुकुम्बासी टोल समिति गठन गरिएको हो ।।
उपाध्यक्षमा ओम प्रसाद कामी, सचिवमा हरिराम थारु, कोषाध्यक्षमा लक्ष्मी सुनार रहेको राजमोलृे जनाएको छ । त्यस्तै सदस्यहरुमा सलीके कामी, लक्ष्मी कुमाल, गणेश परियार, डूज बहादुर विक, हरी बहादुर सुनार र सल्लाकारमा सिद्धीमान केसी र रामी सुनार रहेका छन् ।
त्यसैगरी शिवराज नगरपालिका वडा नं १ को कफलखुट टोलमा पनि राष्ट्रिय जनमोर्चाको सदस्यता वितरण तथा संगठन निर्माण गरिएको छ । केशर बहादुर जीएमको अध्यक्षतामा ११ सदस्सीय टोल समिति गठन गरिएको छ।

समितिको उपाध्यक्षमा कर्ण बहादुर रोका मगर, सचिवमा पदम बहादुर रोका मगर, सहसचिव पूर्णिमा रोका मगर, कोषाध्यक्षमा मनिषा रोका मगर रहेका छन् । सदस्यहरुमा लक्ष्मण पुन, सुन्तली केसी, शिव महतरा, अमबी सुनार तथा सल्लाकारमा रोम बहादुर बुढा मगर, कृष्ण रोकामगर चयन भएको राजमोका शिवराज नगर अध्यक्ष केर सिंह पुनले जनाए ।

यसैबीच अभियानमा राष्ट्रिय जनमोर्चा जिल्ला परिचालन समिति सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य केर सिंह अदै, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य नारायण शर्मा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा शिवराज नगर अध्यक्ष केर सिंह पुन, महिला संघकी नगर अध्यक्ष हरिकला भण्डारी, बुद्धिजीवी संघका जिल्ला सदस्य छन्द बहादुर केसी लगायत नेताहरुले भेलामा प्रशिक्षण दिँदै देशको राजनीति, संघीयता, सीमा अतिक्रमण, भष्ट्राचार, एमसीसी सम्झौता लगायतका विषयमा प्रष्ट पारेका थिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu