थारु सेवा समाज मलेसियाको दोस्रो अधिबेशन सम्पन्न/अध्यक्षमा बिकास चौधरी सर्वसहमत निर्वाचित

Monday, 16 September 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
क्वालालम्पुर (मलेसिया):= रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत चौधरी,थारु समुदाय एकजुट भएर २०१६ मा स्थापना गरिएको जातीय,समाजिक संस्था प्रवासी थारु सेवा समाज मलेसियाको दोस्रो अधिबेशन सफलता पुर्वक सम्पन्न भएको छ ।

आईतवार मलेसियाको राजधानी क्वालालम्पुर बुकित बिन्ताङमा अवस्थित क्याफे काठमाडौंको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिच अधिबेशन सभ्य भब्य रुपमा सम्पन्न भएको थारु समाज मलेसियाको संस्थापक/संरक्षक समाजिक अभियन्ता,पत्रकार घनश्याम चौधरी (आरएन थारु)ले बताउनु भयो ।


थारूले जानकारी गराए अनुसार प्रवासी थारु सेवा समाज मलेसियाको अधिबेशनले सर्व सम्मतीबाट छानिएको पदाधिकारीहरुको नमावली निम्न प्रकारको रहेको छ ।
अध्यक्ष :- बिकास चौधरी
वरिष्ठ-उपाध्यक्ष :- रामप्रकाश चौधरी
महिला उपाध्यक्ष :- सरिता चौधरी
कोषाध्यक्ष :- रमेश कुमार पजियार थारु
महासचिव :- दिपेश महतो
सचीव :- आर.पि चौधरी
सह-सचीव :- सुशील दहित
सदस्य :- रामबहादुर दहित (RB),जितेन्द्र चौधरी,भरत चौधरी,मनिराम चौधरी,बलराम चौधरी,जनकराज चौधरी,कुलबिर चौधरी,रमेश धम्लह्वा थारु,कृष्ण चौधरी,हिरा सिंह चौधरी,मनोज चौधरी,केशव राजबँशी,रमन थारु,बसन्त थारु,सन्तु कुश्मी थारु,रामकुमार चौधरी,चिरञ्जीवी वाग्ले चौधरी,शङ्कर थारु,शानू पुरी महतो लगायतको रहनु भएको छ भने यता वरिष्ठ-सल्लाहकारमा जीवराज महतो,सल्लाहकारमा राजेश कुमार चौधरी,प्रमोद चौधरी,प्रजेश थारु,मनिराम चौधरी सर्वसम्मतिबाट छनौट भएका हुन् ।

आर.पी चौधरीले सञ्चालन गरेको उक्त कार्यक्रममा थारु समाज केन्द्र क्वालालम्पुर,पेनाङ क्षेत्रीय समितीको अध्यक्ष परशुराम चौधरी,नेपाल मगर संघ पेनाङका पदाधिकारी इन्दिरा राना मगर,दलित एकता संजालका राधा लुहार,अर्जुन चौधरी,रितोश चौधरी,पत्रकार कृष्ण गुप्ता लगायतको उपस्थित पदाधिकारीहरु बिच २०२० मा अरु देशमा जस्तै मलेसियामा समेत थारु समुदायको प्रमुख चाड माघे सङ्क्रान्ती,माघी महोत्सव आयोजना गरिने बारे,थारु समुदायको कला संस्कृतिलाई विश्व सामु कसरी चिनाउन सकिन्छ भन्ने बारे र संस्थागत कामकुरा बारे विशेष छलफल भएको थियो।
साथै कार्यक्रममा थारु समुदायको मुख्य परिकार मानिने घोङ्गीको समेत ब्यवस्था रहेको थियो भने संस्थापक/संरक्षक आरएन चौधरी थारु लाई समाजिक र सञ्चार क्षेत्रमा कार्यरत रहि योगदान पुर्याए बापत सम्मानपत्र , मायाको चिनो प्रदान गरि सम्मानित गरिएको थियो , स्वदेश फर्किने संस्थाका पदाधिकारीहरुलाई समेत सम्मानित गरेको थियो ।
















Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu