सुनिल चौधरी,,
झुम्का:= रामधुनी वडा नं. १ डुमैरिया गाउँ पनि सुक्रवार पुर्ण सरसफाई वातावरण मैत्रि उन्मुख टोल घोषणा हुन सफल भएको छ । लामो प्रयास पछिको सफलहुदै नगरप्रमुख जयप्रकाश चौधरी,उपप्रमुख सबिना चौधरीको उपस्थितीमा प्रमाण पत्र हस्तान्तरण गर्दै घोषणा गरेका हुन् ।
डुमैरीया स्थित तिन वटा टोल बिकास छन् । तिनवटै टोल बिकासले संयुक्त रुपमा पुर्ण सरसफाई वातावरण मैत्रिका सुचकहरु पुरागर्दै सुंयुक्त रुपमा घोषणा भएको हो । मिठुचौक,जब्दि र लालिगुराँस टोल बिकास घोषणा भएको सरसफाई नगर सहज कर्ता रबिन ठाकुरले बताए । मिठुचौक टोल बिकासमा ५८,जब्दीमा ६० र लालिगराँसमा ४९ घरधुरी रहेको छ । सम्पुर्ण धरधुरीले सौचालय प्रयोग,स्वच्छ खानेपानि,सफा घर आँगन,स्वच्छ खाना लगायतका सुचकहरु प्रयोग गर्दै आएका छन् ।
कार्यक्रममा टोलका जेष्ठनागरीकहरुलाई दोसल्लाह ओढाई सम्मान समेत गरेको छ । जेष्ठनागरीकहरुमा ८१ बर्षिय खोवाईन देबि चौधरी,९१ बर्षिय बचेली देवि चौधरी,७६ बर्षिय बोदिदेबि चौधरी,७९ बर्षिय लहरीदेबि, ७६ बर्षिय गर्भिदेबि र ८२ बर्षिय भुटनी देबि चौधरीलाई सहभागी अतिथिहरुले सम्मान गरेका हुन् । त्यसैगरी घोषणा भएका टोलका प्रत्येक घरधुरीमा फुलको बिरुवा बितरण गरेको छ । पुर्ण सरसफाई पछि घर अगाडी फुलबारी लगाउनु पर्ने उधेश्यले टोलका प्रत्येक घरधुरीलाई फुलको बिरुवा बितरण गरेको सरसफाई नगर सहजकर्ता ठाकुरले बताए ।
मिठु चौक टोल बिकासका अध्यक्ष भवनारायण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख जयप्रकाश चौधरी,उपप्रमुख सबिना चौधरी,योजना प्रमुख हर्षलाल चौधरी,स्वस्थय शाखा प्रमुख नगेन्द्र पौडेल,टोलका बुद्धिजिवि पसुपति चौधरी,संस्था कर्मि राजु साह,थारु महिला उत्थान समाज रामधुनी सुनसरी अध्यक्ष सिता थरुनीले मन्तब्य दिदै सरसफाई महत्वबारेमा दर्शाउदै निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा १ नम्बर वडा सदस्य उमा थरुनी,देवराज पोख्रेल,पार्वति सरदार,हरिवंश साह,वडा महिला अध्यक्ष आशा चौधरी,महिला बालबालिका शाखा प्रतिनिधि सुनिता चौधरी लगायतका स्थानियहरुको उपस्थिती रहेको थियो । टोल सरसफाई प्रतिवेदन ओम चौधरीले प्रस्तुत गरेका थिए भने अतिथी सम्पुर्णलाई वडासदस्य उमा थरुनीले गरेकी थिईन् ।