कपिलवस्तु:= थरुहट थरुवान संयुक्त संघर्ष समिति जिल्ला कपिलवस्तुले नेपालको संविधान २०७२ को असहमति धाराहरुको दहन कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगे स्थित थारु कल्याणकारी सभा हलमा भएको हो ।
थारु कल्याणकारी सभाका केन्द्रिय कार्य समितिकी सदस्य तथा दहन कार्यक्रमको प्रमुख अतिथि रहेकी सुमित्रा थारुद्धारा सो कार्यक्रममा संविधानमा उल्लेखित केही धारहरुप्रति असहमति जनाउँदै कागजी संविधान जलाईएको हो ।
धारा ५६ उपाधारा ३ संग सम्बन्धित अनुसूची ४ मा चितवन जिल्लालाई ३ नं. प्रदेश भित्रै पार्ने गरि गरिएको संरचनासंग असहमती, संविधान भाग ४ मा राज्यका नीति निर्देशक सिद्धान्त आर्कषण भएपनि धारा ५५मा अदालतमा प्रश्न उठाउन नसकिने, धारा २६३मा उल्लेखित थारु आयोगलाई महिला, दलित तथा राष्ट्रिय समावेशी आयोग भन्दा कमजोर बनाईको लगायत रहेको ८ बुद्धेको असहमति प्रति असन्तुष्टि जनाउँदै दहन कार्यक्रम गरिएको कपिलवस्तु जिल्ला संयोजक जंजिर प्रसाद थारुले बताए ।
थरुहट थरुवान संयुक्त संघर्ष समिति जिल्ला कपिलवस्तुले हालको संविधान थारु समुदाय लगायत गैर थारु समुदायको हित विपरित रहेको प्रति असहमति जनाउँदै दहन कार्यक्रम आयोजना गरिएको जिल्ला आन्दोलन परिचालन समिति संयोजक थारुले बताए ।