तराईका थारु महिलाले १४ बर्षपछि खर जितिया मनाउँदै ।

Sunday, 22 September 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
निशान प्रकृति थारु,,
झुम्का:= तराईक्षेत्रका आदिवासी थारू समुदायका महिलाहरुले १४ वर्षपछि खर जितिया (शुद्ध जितिया) मनाउन पाउने भएका छन् । थारु बाहुल्य रहेका तराईका गाउँघरमा बसोबास गर्दै आएका थारु महिलाहरुले आज –शनिवार) बाट शुद्ध खर जितियाको शुरुवात गरेको हो । यो भन्दा पहिले २०६३ सालमा खर जितिया परेको थियो ।

आज शनिबार लायह (दर खाने दिन) वर्तालु महिलाहरुले विहानै स्थानीय नदी, खोला जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेर वर्तको शुरुवात गर्ने गर्दछ । त्यस पछि पर्वमा सप्तमी तिथिका दिन व्रतालु माताहरूलाई पोखरीमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गरी जिमूतवाहन (भगवान) देउताको व्रतको सङ्कल्प गर्नुपर्ने हुन्छ । महादेवले जिमूतवाहन देउतालाई पूजा गरेर प्रसन्न पारिएमा सन्तानको अकाल मृत्यु हुँदैन भनेर पार्वतीलाई जानकारी गराउनु भएको सो पुराणमा उल्लेख गरिएको छ । यस पर्वमा पहिलो दिन लाहय गरेर बेलुका ओटघन (दर )को रुपमा वर्तालु महिलाले माछा, ओल तथा रोटी खाने चलन रहेको छ । दोस्रो दिन भोकै व्रर्त लिई दिन भरी जितमहानको कथा श्रवण गर्छ त्यसै गरी तेस्रो दिन पारन गरी जितियाको व्रर्त सकिले गर्दछ ।


थारु समुदायमा यो पर्वको अत्यधिक महत्व रहदै आएको छ । जितिया विशेष गरी परिवारमा सुख, शान्ति तथा दीघार्यु मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन् । यो खर जितिया १४ बर्ष पछि परेको हुनाले नव विवावहित महिलाले पहिलो जितियाको व्रर्त लिन शुरु हुने थारु जागरण अभियान सुनसरीका अध्यक्ष तारादेवी चौधरीले जानकारी दिएकी हुन । जब मान्छे मर्नबाट संजोगवश जोगिन्छ तब भनिन्छ, ‘तिम्री आमाले जितिया व्रत लिएकी हुनाले तिमी बाँच्यौ ।’भनेर जन विश्वास रहि आएको चौधरीले जानकारी दिइन।

थारू महिलाले पनि प्रत्येक वर्ष असोज कृष्ण पक्ष सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन् । परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै ससुराली गएका चेलीबेटीहरुलाई माइती बोलाई आपसी प्रेम साटासाट गरेर जितिया पर्व धुमधामले मनाइन्छ । असोज ५ गते थारु कल्याणकारीणी सभा सुनसरी आयोजमा रामधुनीको झुम्का बजारमा पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को प्रमुख आथ्थियमा जितिया महोत्सव उदघाटन हुने कार्यक्रम रहेको छ । कार्यक्रममा आर्कषणको रुपमा दूई –दुई वटा हात्ती र घोडा साथै विभिन्न जातजातिको झाँकी –याली प्रदर्शन गरिने कार्यक्रम संयोजक तारादेवी चौधरीले जानकारी गराएका छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu