दशेहरा विशेष साँस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न ।

Tuesday, 8 October 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम अवतार चौधरी,,
कपिलवस्तु:= दशेहरा विशेष साँस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम गए राती सम्पन्न भएको छ । जिल्लाको विजयनगर गाउँपालिका–२, लोहरौलामा राइज नेपाल यूवा क्लबको आयोजना कार्यक्रम सम्पन्न भएको हो ।

साँस्कृतिक कार्यक्रमलाई ब्यानर वाचन गरेर उद्घाटन गर्दै विजयनगर गाउँपालिका प्रमुख गोपाल बहादुर थापाले नेपालीको स्थायित्व, समृद्धि र सद्भाव कायम राख्ने महान चाँड दशैँ कसैको लागि दशा नबनोस् भन्दै उत्तरोत्तर प्रगतिको कामना गरे । साथै उनले भने “राइज नेपाल यूवा क्लबले गरेको कार्य प्रशंशा गर्दै विकास निमार्णका काम देखि लिएर आर्थिकरुपमा साथ दिने” समेत थापाले प्रतिबद्धता जनाए । 
पहिला कार्यक्रम हुदा सूर्योदय सेवा समाज थियो रहाल भने राइज नेपाल यूवा क्लब नाम राखेर सञ्चलान गरेकोमा हर्ष ब्यक्त गर्दै समय परिस्थिति अनुकूल सबै परिमार्णजन हुनु जरुरी रहेको अध्यक्ष थापाले उल्लेख गरे।

यसैबीच विजयनगर गाउँपालिका उप–प्रमुख लक्ष्मी कुमारी थारुले कार्यक्रममा बोल्दै थारु कल्चर आफ्नो समुदायको गहना रहेको बताउँदै यस क्लबले हरेक बर्ष संस्कृति झल्किने गरि यस्तो कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरिन् र भनिन् “म हरेक कदममा यो क्लबलाई सहयोग दिन तयार छु” । थारु समुदायको पहिचान भmल्किनु नै नेपालीको पहिचान दिनु हो ।
उक्त कार्यक्रम नविन थारुको अध्यक्षता, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापको प्रमुख आतिथ्यिता, विजयनगर गाउँपालिका उप–प्रमुख लक्ष्मी कुमारी थारुको विशिष्ट आतिथ्यिता, वडा नं.२ को वडा अध्यक्ष नेपाल थारु, थारु राष्ट्रिय पत्रकार संघ नेपालका केन्द्रि सदस्य वडा नं.७ को वडा अध्यक्ष प्रेम कलवारको आतिथ्यिता रहेको थियो ।

त्यसैगरी स्थानिय गायक सिमान्त चौधरी, इन्दे्रणी सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष बनवारी लाल थारु लगायतको आतिथ्यिता, लोहरौला गाउँ समाजको बड्घर तथा समाजसेवी कृष्ण बहादर थारुको स्वागत मन्तब्य र मिर्जा थारुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको स्थानिय पिन्टुराम थारुले जानकारी गराए।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu