क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिती मलेसियाले अन्ततः आफ्नै सम्पर्क कार्यालय स्थापना गरेको छ ।
मलेसियाको राजधानी क्वालालम्पुर स्थित मेरो नेपाल रेस्टुरेन्टको दोस्रो तलामा स्थापना गरेको उक्त सम्पर्क कार्यालयलाई बिधिवत रुपमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष बिपिन राईले रिबन काटेर उद्घाटन गरेका थिए ।
आदिवासी जनजाति महासंघमा आबद्ध विभिन्न भातृ संघसंस्था पदाधिकारीहरुको उपस्थिति रहेको उक्त उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले अध्यक्ष निर्बाचित हुने बेला आफुले कार्यालय स्थापना गर्ने गरेको प्रतिबद्धतालाई पूरा गरेको बताए , साथै आगामी दिनमा सबैको साथ सहयोग भए सामाजिक कार्यमा अझ निरन्तर लाग्न थप उर्जा मिल्ने बताए ।