थरुहट थारुवान राष्ट्रिय महिला मोर्चा गठनमा विवाद/महासचिव तुलसी भन्छ्न सबैलाई समेटेका छौँ।

Monday, 30 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
 
                     [हमार सनेश सहकर्मी]
उदयपुर := लक्ष्मण थारु नेतृत्वको थरुहट थारुवान राष्ट्रिय मोर्चाको महिला बिभाग गठन गर्नको निम्ति उदयपुरमा आयोजित भेला पुस १२ गते शनिबार समपन्न भएको छ ।

उक्त भेलाबाट प्रेमा थारुको नेतृत्वमा  थरुहट थारुवान महिला मोर्चाको गठन कार्यक्रम सम्पन्न भयो , तर भेलामा सहभागी पुर्व झापा देखी पश्चिम् सुर्खेत सम्मका १७ जिल्लाले उक्त भेलालाई बहिष्कार गरेका छ्न ।
भेलालाई बहिष्कार गर्ने पक्षले थरुहट थारुवान राष्ट्रिय मुक्ति मोर्चाको संयोजक लक्ष्मण थारुले लोकतान्त्रिक प्रक्रियामा  नगएर मनोमानी ढंगबाट नेतृत्व चयन गरेको आरोप लगाएका छन् ।  बहिष्कार गर्ने जिल्लामा बर्दिया,दाङ्ग ,कपिलबस्तु ,रुपन्देही ,नवलपरासी ,चितवन, पर्सा ,बारा,रौतहट ,सर्लाही ,धनुषा ,महोतरी ,सप्तरी ,सुनसरी ,मोरंग,झापा,सुर्खेत रहेका छन् ।
साग महिला खेलाडीलाई सम्मान त गरे तर अतिथिमा पुरुष नै पुरुष : 
हाल समापन भएको साग खेलमा पदक बिजेता थारु महिला,पुरुष खेलाडीहरुलाई भेलामा सम्मान कार्यक्रम राखिएको थियो । कार्यक्रम महिला भेला विशेष भएपनि अधिकांस भन्दा बढी पुरुष हरु नै अतिथिमा रहेको थियो।
यता थरुहट थारुवान राष्ट्रिय मोर्चाले थारु समुदायको माउ संस्था थारु कल्याणकारिणी सभाबारे थारुहरु माझ भ्रम फैलाएको भन्दै देश भरि थाकसले त्यसको विरुद्धमा र थारु समुदायमा जनचेतनाको निम्ति प्रशिक्षण कार्यक्रम आयोजना गरिरहेको छ ।
मोर्चाको भेला प्रति थारु कल्याणकारिणी सभाको समर्थन रहेको छैन ।

यी सबै विवाद बारे उक्त कार्यक्रममा सहभागी थरुह्ट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय महासचिव तुलसी थारु संग प्रश्न गर्दा उहाँले महिला मोर्चा सबैको सर्वसहमतीबाट नै ९ जिल्लाका प्रतिनिधिहरुलाई समेटेर चयन गरिएको बताए , र बाकी रहेको जिल्लाका प्रतिनिधि लाई आगामी बैठक बाट समेटेर अगाडी बढ्ने भन्नू भयो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu