सागमा पदक विजेता थारु खेलाडीहरुलाई थरुहट थारुवान राष्ट्रिय मोर्चाद्वारा सम्मान ।

Sunday, 29 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

उदयपुर:= १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै पदक विजेता थारु खेलाडीहरुलाई थरुहट थारुवान राष्ट्रिय मोर्चाले सम्मान गरेको छ । त्रियुगा नगरपालिका १ जोगिदह उदयपुरमा थरुहट थारुवान महिला प्रथम राष्ट्रिय सम्मेलनमा खेलाडीहरुलाई मोर्चाले सम्मान गरेको हो ।


सम्मानित हुनेहरुमा भारतोलनमा स्वर्ण पदक विजेता राप्ती गाउँपालिका २ सुनरी बाँकेका सन्जु चौधरी, भारतोलनमा कास्य पदक विजेता शम्भुनाथ नगरपालिका ४ सप्तरीका देवी चौधरी, भारतोलनमा कास्य पदक विजेता मध्यविन्दु नगरपालिका १५ सिमरा नवलपरासीका तुलाराम महतो रहेका छन् ।
यस्तै भलिवलमा रजत पदक विजेता धनगढी नगरपालिका १ कैलालीका सरस्वती चौधरी, क्रिकेटमा कास्य पदक विजेता लहान नगरपालिका १ सिरहाका ममता चौधरी, क्रिकेटमा कास्य पदक विजेता लहान नगरपालिका १ सिरहाका सरस्वती चौधरी, उषुमा रजत पदक विजेता गदरीया गाउँपालिका ६ कैलालीका एलिना चौधरी पनि सम्मानित भएका हुन् ।
यस्तै करातेमा कास्य पदक विजेता गुगौली ४ कपिलवस्तुका मनिषा चौधरी, कवड्डी रजत पदक विजेता बेलौरी नगरपालिका ९ कन्चनपुरका रविना चौधरी, खो खोमा कास्य पदक विजेता बुटवल उपमहानगरपालिका १५ उजेलपुर रुपन्देहीका धनप्रसाद चौधरी, हेन्डवलमा रजत पदक विजेता कैलारी गाउँपालिका ७ कैलालीका संगीता चौधरीलाई सम्मेलनमा सम्मान गरेको थियो ।

सम्मानित हुनेहरुलाई प्रमुख अतिथि थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारु, विशेष अतिथिहरुले मोर्चाका केन्द्रीय सल्लाहकार सदस्यद्वय राजकुमार लेखी र सुरेन्द्र चौधरी, मोर्चाका महासचिव तुलसी चौधरी, त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरी र चौदण्डीगढी नगरपालिकाका उपमेयर रीताकुमारी चौधरीले दोसल्ला र कदर पत्र सहित सम्मानित गरेका हुन्।


यस्तै भलिवलमा कास्य पदक विजेता कैलालीका नेविका चौधरी, खो खोमा रजत पदक विजेता बर्दियाका पुनम थारु, आशा थारु, दाङका सुमित्रा चौधरी, उषुमा रजत पदक विजेता बर्दियाका मंगल प्रसाद थारु र हेन्डवलमा रजत पदक विजेता बर्दियाका रामकुमार चौधरीलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको मोर्चाले जनाएको छ । उनीहरु थरुहट थारुवान राष्ट्रिय महिला सम्मेलनमा अनुपस्थित भएपनि दोसल्ला र कदर पत्र अर्को कार्यक्रममा प्रदान गर्ने आयोजकले जनाएको छ ।

कदरपत्र र सम्मान पत्रबाट सम्मानित थारु खेलाडीहरु: 

सागमा महिला भलिवल तर्फको रजत पदक विजेता कैलाली धनगढी नगरपालिका १ का सरस्वती चौधरी

सागमा महिला क्रिकेट तर्फको कास्य पदक विजेता लहान नगरपालिका १ सिरहाका ममता चौधरी

सागमा महिला क्रिकेट तर्फको कास्य पदक विजेता लहान नगरपालिका १ सिरहा सरस्वती चौधरी

सागमा महिला तर्फको उसुमा रजत पदक विजेता गदरीया गाउँपालिका ६ कैलाली एलिना चौधरी
सागमा महिला भारतोलन तर्फको कास्य पदक विजेता शम्भुनाथ नगरपालिका ४ सप्तरी देवी चौधरी
सागमा महिला कराते तर्फको कास्य पदक विजेता गुगौली ४ कपिलवस्तु मनिषा चौधरी
सागमा महिला कवड्डी तर्फको रजत पदक विजेता बेलौरी नगरपालिका ९ कन्चनपुर रविना चौधरी
सागमा पुरुष तर्फको खो खोमा कास्य पदक विजेता बुटवल उपमहानगरपालिका १५ उजेलपुर रुपन्देही धनप्रसाद चौधरी
सागमा महिला हेन्डवल तर्फको रजत पदक विजेता कैलारी गाउँपालिका ७ कैलाली संगीता चौधरी
सागमा महिला भारतोलन तर्फको स्वर्ण पदक विजेता राप्ती गाउँपालिका २ सुनरी बाँके सन्जु चौधरी
सागमा पुरुष तर्फको भारतोलनमा कास्य पदक विजेता मध्यविन्दु नगरपालिका १५ सिमरा नवलपरासी तुलाराम महतो
सागमा पुरुष तर्फको ट्रायथलनमा रजत र कास्य पदक विजेता बर्दियाका बसन्त थारु
(साभार : नागरिक बहस बाट )
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu