थारु समुदायका टप ६ जना मोडल ! कसको फ्यान कति ?

Saturday, 28 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
यतिबेला कलाकारिता क्षेत्रमा थारु समुदायको युवा,युवतीहरुको आकर्षण बढ्दो क्रममा देखिन्छ ।
थारु भाषाको गित तथा म्युजिक भिडियो बनाउने र अभिनय गर्नेहरुको होडबाजी नै चलेको छ । म्युजिक भिडियो संगसंगै थारु भाषाको डकुमेन्ट्री फिल्महरु समेत बनेका छ्न कतिपय फिल्महरु प्रदर्शन भैईरहेका छ्न भने कतिपय प्रदर्शन भैईसकेका छ्न।

नेपाली तथा थारु म्युजिक भिडियो युट्युबमा प्रदर्शन हुने क्रम बढेसंगै थारु पुरुष,महिला,युवा,युवती मोडलहरुको संख्या समेत बढेको छ्न।
यसै क्रममा बिगत लामो समयदेखी प्रवास मलेसियामै बसेर थारु म्युजिक भिडियो,कलाकारहरुको बारे समाचार लेख्दै प्रकाशन गर्दै आईरहेका सञ्चारकर्मी,पत्रकार आरएन चौधरी थारुले थरुहट ड्टकमको सहकार्यमा समाजिक संजालको सहयोग र सम्बन्धितलाई फोन मार्फत सम्पर्क गरि एक सर्वेक्षण सार्वजनिक गरेका छ्न ।            

थारु गितसंगीतको क्षेत्रमा लागेका , अभिनय गर्न माहिर टप थारु महिला,युवती मोडलहरुको समाजिक संजाल फेसबुकमा कसको धेरै फ्यान छन् त् ? दर्शकले कसलाई धेरै लाईक,फ्लो गरेको छ्न त ? यस बिषय बारे तल चर्चापरिचर्चा गरिएको छ ।              

सुनिता दहित :
बाकेँ जिल्ला निवासी थारु मोडल सुनिता दहित करिब दुई दर्जन भन्दा बढी थारु , नेपाली म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन ।
देश भरिनै आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रममा आफ्नो प्रतिभा देखाइसकेकी दहित थारु मोडलहरु मध्यको सबै भन्दा टप नम्बर .१ मा पर्न सफल भएकी छिन ।
दहितलाई समाजिक संजाल फेसबुकको अफिसियल आईडीमा ३९ हजार ३ सय ८० जना फ्यानहरुले फ्लो गरेका छ्न पेजमा २९ सय जनाले फ्लो गरेका छ्न।
सुनिता दहित फेसबुक पेज भन्दा आफ्नो पर्सनल अफिसियल आइडिमा बढी सक्रिय रहेकी छिन ।
दहित एकदमै हट एण्ड सेक्सी मोडलको रुपमा समेत परिचित छिन ।

अन्जु कुश्मी ( फुलकुमारी ) :
नृत्य क्षेत्रमा मात्र नभई गित पनि गाएर व्यापक चर्चा कमाउन सफल कैलाली जिल्ला निवासी चर्चित गायिका तथा मोडल हुन् ,अन्जु कुश्मी (फुलकुमारी) ।
थारु संस्कृति झल्कने गित देखि थारु आइटम गित गाउने तथा नृत्य गरेर चर्चा कमाएकी अन्जु दोस्रो नम्बरमा पर्न सफक भएकी छिन । अन्जुको फूलकुमारी गित थारु संगीत क्षेत्रमा तहल्का नै पिटेको थियो , भने यतिबेला चक्र बम संगको नयाँ म्युजिक भिडियो पहाडिया बिग्रियो जाडको झोलमा युट्युबमा व्यापक चर्चा कमाईरहेका छ्न।
सामाजिक संजाल फेसबुक पेजमा उनको सात हजार लाइक,फ्लोअर छ्न भने अफिसियल फेसबुक आईडीमा ३ हजार ५ सय जना छ्न। स्मरण रहोस् अन्जु कुश्मीको पुरानो फेसबुक आईडी केही महिना अगाडी अन्जान ब्यक्तिले ह्याक गरेर एकाउन्टनै बन्द गरिदिएका छ्न । पुरानो आईडी अनुसार लगभग २७ हजार फ्यानले उनलाई फेसबुकमा फ्लो गरेका थिए ।

महिमा कुश्मी : 
कैलाली जिल्ला निवासी मोडल महिमा कुश्मीले करिव दर्जन जति थारु तथा नेपालि भिडियोमा अभिनय गरिसकेकी छिन ।
थारु गितसंगीतको क्षेत्रमा एकदमै नव प्रवेशी मोडल कुश्मिको फेसबुक पेजमा १९ हजार लाइक तथा ६२ हजार जनाले फलो गरेका छन भने अफिसियल फेसबुक आईडीमा ५० हजारले फ्लो गरेकी छिन ।उनि अझै आगामी दिनमा नयाँ नयाँ धमाकेदार गितको भिडियोमा अभिनय गर्नको लागी अवसरको पर्खाइमा रहेकी छिन , उनी यसै क्षेत्रमा संघर्ष गरि आफ्नो परिचय स्थापित गर्न चाहन्छिन ।

ममता चौधरी : 
नवलपुर निवासी मोडल ममता चौधरीलाई छोटो समयमा नै धेरै चाडैं चर्चित भएको मोडलको रुपमा लिन सकिन्छ।
थारु गायिका अनु चौधरीको “चुरी पायल कंगना” मा मनमोहक अभिनय गरेर चर्चा कमाएकी ममता चौधरी स्टेजमा हट नृत्य प्रदशन गर्न माहिर मानिन्छ्न । ममता चौधरीले सुदुरपश्चिम्को थारु भाषाको मात्रै गितमा अभिनय गर्ने नभएर यतिबेला पुर्व देखी पश्चिम् सम्मको गितमा अभिनय गर्न स्टेज प्रोग्राममा ब्यस्त रहेकी देखिन्छ्न ।समाजिक संजल फेसबुकमा उनलाई ५ हजार ७ सय जनाले लाईक, फ्लो गरेकि छिन ।
ममता फेसबुक आईडी भन्दा बढी पेजमा सक्रिय देखिन्छिन।

रितु चौधरी : 
कैलाली जिल्ला निवासीनै एकदमै नयाँ मोडल हुन रितु चौधरी।
आफ्नो सुन्दर रुपको जादुले दर्शक क्ष्रोताको मन जित्दै विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गरेर अगाडी बढ्दै गरेकी रितु करिब १ दर्जन जति म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन ।
चर्चित गायक श्री निवास चौधरी र अनुले गाएको गित नजरसे नजरिया मिलाके भन्ने गितको भिडियोमा रितुले अभिनय गरेर चर्चा कमाईरहेका छ्न ।

एलिसा चौधरी : 
कुनै समय थारु म्युजिक भिडियोहरुमा एकक्षत्र राज गरेकी मोडल हुन एलिसा चौधरी ।
एलिसाको सामाजिक संजाल फेसबुक आईडिमा १४ हजार बढीले फ्लो गरेकि छन। अन्तरजातीय प्रेम पश्चात बैबाहिक बन्धनमा बाधिएकी एलिसा चौधरीको यतिबेला एक सन्तान समेत रहेको छ । हाल सामाजिक संजाल तथा थारु म्युजिक भिडियोमा एलिसा निस्क्रिय रहेकि छिन ।

नोट: यसपछि कलाकारिता क्षेत्रमा थारु गितसंगीतको क्षेत्रमा व्यापक चर्चा कमाउन सफल टप पुरुष मोडलहरुको नाम सार्वजनिक गरि चर्चापरिचर्चा गर्नेछौं ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu