क्वालालम्पुर (मलेसिया):= मलेसियाको बातुपहाड क्षेत्रमा अवस्थित एक नेपाली रेष्टुरेन्टमा कार्यरत कुलबिक्रम नेम्वाङ लिम्बु र रेश्मा आङदेम्बे लिम्बुलाई मलेसियन प्रशासनले रेष्टुरेन्टमा छानबिन गर्ने,छापा हान्ने,सोधपुछको क्रममा स्थानीय प्रहरी,प्रसाशन द्वारा पक्राउ गरि जेल चलान गरिएको बिषयको समाचार अनलाईन मिडियामा प्रकाशन भए लगत्तै यतिबेला मलेसियामा व्यापक चर्चा परिचर्चा भैईरहेको छ ।
“ मलेसियामा कृष्ण आङ्दावेको नक्कली रक्सीको डरलाग्दो धन्दा : नेपाली मजदुर सबै जेलमा ” शिर्षकमा गत मंसिर २८ गते दियोपोस्ट अनलाइन पत्रीकाले प्रकाशित गरेको समाचार बारे तिब्र बिवाद बाहिर आएपछि यो विषयले मलेशियामा यतिखेर ब्यापक चर्चा पाईरहेको छ।
यसै बिषय लाई लिएर दुई जना नेपाली जेल पर्नुको कारण बारे सत्यतथ्य लाई उजागर गर्न साथै सहि र निष्पक्ष रुपमा घट्ना बारे नागरिक लाई सु-सुचित गर्न बिगत चार बर्ष देखि मलेसियालाई नै कर्मथलो बनाई सञ्चार क्षेत्रमा आबद्ध रहि कृयाशिल रुपमा कलम चलाउदै आईरहेका समाजिक अभियान्ता,सञ्चारकर्मी आरएन चौधरी थारुले सो नेपाली रेष्टुरेन्टका प्रोप्राईटर/सञ्चालक एक सफल नेपाली ब्यवसायीको रुपमा परिचय बनाउन सफल कृष्ण आङ्देम्बे लिम्बुलाई भेटी केहि कुरा उजागर गरेको छ ।
कुराकानीकै क्रममा सोही सन्दर्भमा उक्त नेपाली रेस्टुरेन्टका संचालक आङ्देम्बे संग यस बिषय बारे बुझ्दा दियोपोस्ट अनलाइनले आफू संङ्ग घट्ना बारे सत्यतथ्य जानकारीनै नलिई कसैको उक्साहटमा लागेर हावा तालमा फस्टाएको आफ्नो ब्याबसायलाईनै लक्षित गरि,डाहा गर्दै,ईष्र्या गरि आफू विरुद्ध भ्रामक समाचार लेखि प्रकाशन गरेको बताए ।
गत नोभेम्बर १७ तारिक दिउँसो स्थानीय समय अनुसार ३:०० बजे मलेशियाका स्थानिय प्रशासन अन्तर्गत खाद्यबस्तु मापदण्ड र गुणस्तर चेकजाच बिभागले परिक्षण गर्ने क्रममा आफ्नो रेस्टुरेन्टमा प्रवेश गरेर अनाधिकारिक पेयपदार्थको ब्यापार गरेको भनेर मालसामान जफत र कार्यरत रेश्मा आङ्देम्बे लगायत लाई पक्राउ गरेको र आफू पनि सोही घटनामा आरोपी देखिएर नियम अनुसार अदालतको चक्कर काटीराखेको स्वीकार गरेको हो।
यद्यपि आफुले उनिहरुको पारिश्रमिक(सेलरी) नदिएको र छुट्याउन कुनै पहल नगरेको भनेर लेखिएको समाचार प्रती तिब्र असन्तुष्टि जनाएका छन।
कृष्णले भने कि करिब ३ बर्ष अघि पक्राउ परेका कुल बिक्रम नेम्बाङ पनि उस्तै मुद्धामा जेल गएका हुन। त्यतीबेला नेम्बाङ अतालिएर अख्तियार टोली लाई आर.एम-३५०० घुस दिने क्रममा प्रशासनले पक्राउ गरेको हो। उनको बिषयमा केही पहल नगरेको र पारिक्ष्रमिक नदिएको भन्ने समाचार पनि सत्य नरहेको स्पष्ट पारेका छन। नेम्बाङ लाई घुस दिने क्रममै अख्तियार टोलिले पक्राउ गरेको हुनाले कानुनी मापदण्ड अनुसार सजाय भोग्नैपर्ने भएको हुदा मुद्दा लम्बिएको बताए।
उनिहरु हिरासतमा परेको दिन देखि लिएर अहिलेसम्म मैले नेपालमा उनको परिवार संगको सम्झौता अनुसार नै
घर खर्चको लागी बेका बखत नेपाली रकम रु.२० हजार ३० हजार पठाउदै गरेको बैंकिङ गरेको रिसिभ पेपर सञ्चारकर्मी थारुलाई देखाउदै पारिक्ष्रमिकबारे कृष्णले स्पष्ट पारे।
कुराकानीकै क्रममा काठमाडौमा घुम्दै हिडदा मलेसियाबाट पिडित भएर फर्केका दुखित नेपालीले भनेको र बोलेको शब्द अहिले भने जस्तै मेरो मस्तिष्कमा ताजा छ," देउता भेट्न मन्दिर जानू पर्दैन बाटो बाटोमा भेटिन्दोरहेछ " दाजु नमस्कार भनेको तर आज आएर एक ब्याक्तीले पत्रकारको नाम बेचेर यत्रो मेरो चरीत्र हत्या गर्दा मेरो जिन्दगीको अबिस्वास्निय दुखत घटना घटेको महसुस गर्दै दुखेसो पोखे ।
रेश्मा आङ्देम्बे आफ्नै बुहारी र कुलबिक्रम नेम्बाङ आफ्नै नातेदार भदे रहेको र आपसी सम्झौतामै रेस्टुरेन्ट चलाउन उनिहरुको जिम्मामा दिइएको तर रेष्टुरेन्टको आवस्यक अन्य कागजात आफ्नो नाममा रहेको कारण आफू बिबादमा तानिएको बताए। तर उनिहरु लाई बन्दिगृह बाट छुट्टाउन मलेशियन सरकारले तोकेको रकम आर.एम एक लाख रिङ्गिट भरपाई गर्न पहल हुदाहुदै पनि आफू लाई बदनाम गर्न दियोपोस्टले सत्यतथ्य लाई कुल्चेर बदनियत पुर्वक ढङ्गले समाचार सम्प्रेषण गर्दा आफ्नो मानहानी,चरित्रहत्या भएको समेत आरोप लगाए ।
नेपाली राजदुतबास मलेशिया सङ्ग उक्त मुद्दा मामिला सुल्झाउन दूतावास बाटै नियुक्त वोकिल ले केस फाइल गरेर बहस चलिरहेको र मुद्दा बिचाराधिन रहेको अवस्थामा सो मुद्धाको बिकल्प बारे परामर्श लिई रहेकै बेला यस्तो समाचार आफ्नो नाममा आउदा दियोपोस्टका लुकेर हिड्ने आफू भनाउदा पत्रकार कसै बाट परिचालित भएर अर्थहीन समाचार सम्प्रेषण गरेको बताए । यसले सञ्चार क्षेत्रमा आबद्ध अन्य पत्रकारको चरीत्र माथी समेत प्रश्न उठ्न सक्ने बताउदै कृष्णले कुनैपनी पत्रकारले समाचार लेख्दा दुई पक्षीय कुरा समेट्नु पर्ने र बलियो प्रमाणको आधारमा मात्रै समाचार लेख्न हुने सुझाए।
सोही विषय अन्तरगत आफ्नो मानहानी भएको र ब्याबसाय प्रती अंकित गरेको हुन सक्ने भन्दै आङ्देम्बेले प्रेस काउन्सिल नेपालमा समेत दियोपोस्टका सम्पादक तथा रिपोर्टर बिरुद्ध कारबाहीको माग गर्दै पत्रचार समेत गरिसकेका छ्न ।
कृष्णले भने अनुसार कुलबिक्रम अब आउदो नयाँ बर्ष २०२० को मेयई २६ तारिख रिहाई हुनेछ्न । भने रेश्माको लागी आवश्यक कानुनी प्रक्रिया पूरा गरिरहेको र जेलमुक्त गराउन जोडतोडको साथ लागीपरेको बताए , साथै यसबारे रेश्मा संग पनि बेलाबेला भेटेर बुझी राखेको भन्नुभयो ।
कृष्ण आङ्देम्बे मलेसियामा रहेको एउटा् सफल नेपाली ब्यवसायी मात्रै नभएर समाजसेवाको क्षेत्रमा समेत बिगत लामो समय देखि आबद्ध हुनुहुन्छ ।