थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक।

Wednesday, 29 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:= गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो ।

जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम र उत्तम चौधरीले गरेका छन् । त्यसैगरी मिक्सिङ प्रकाश केसीले गरेका छन् भने रेकर्डिङ डिर्मस रेकर्डिङ स्टुडियो काठमाडौंमा गरिएको हो । यस गीतको भिडियो सुटिङ नेपालको रमणीय स्थानमा छिट्टै नै गरिने कलाकारले जनाए ।
यस्तै कपिलवस्तु शिवराज नगरपालिका–५, चन्द्रौटा निवासी गायक उत्तम चौधरीले यात्रा सुरु गरेको मन करे सनसन गीतको अपार सफलता पछि थारु समुदायको माघी पर्वलाई लक्षित गरि चलो छैली माघी मनाए गीत बजारमा ल्याएका थिए । यसै क्रममा हाल “दिल जिगर तुहि धडकन“ अडियो म्युजिक बजारमा ल्याउन उनी सफल भएका हुन् । यसलाई श्रोताहरूले अधिक रूचाई दिने कलाकार उत्तमले आशा गरेका छन् । गायक चौधरी शारीरिक रूपमा अशक्त भएर पनि समुदायमा योगदान पु्याउने जमर्को गरिरहेका छन् । यसमा आफन्ता र साथीहरुले साथ र हौसला दिए अझै सफलता हात पार्न सक्ने उनले बताए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu