क्वालालम्पुर (मलेसिया):= मलेसियामा चाइनिज नयाँ बर्षको अवसर पारेर नेपालका चर्चित कलाकारसहितको आयोजना गरिएको १३ औं रिमिक्स धमाका मंगलबार भब्यताको साथ सम्पन्न भएको छ ।
मंगलबार क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा आयोजित भव्य कार्यक्रमसँगै धमाका सम्पन्न भएको हो । उल्लेखनीय रुपमा दर्शक,क्ष्रोताको सहभागिता रहेको उक्त कार्यक्रको उद्घाटन मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र एनआरएनए एसिया प्यासिफिक सह-संयोजक खगेन्द्र न्यौपानेले संयुक्त रुपमा दीप प्रज्जवलन गरि गरेका थिए ।
गत २६ जनवरीमा पञ्चोर बातुपहाडमा भब्यरूपमा कार्यक्रम सम्पन्न भैईसकेको थियो भने २७ मा जोहोरबारु चेम्बरल्याङ भन्ने ठाउँमा र २८ जनवरी रातीमा डिनर सहितको भिआईपी कार्यक्रम क्वालालम्पुरमा सम्पन्न भएको हो।
रिमिक्स धमाकाले विगत २००७ देखि मलेसियाका विभिन्न शहर र स्थानहरुमा रहेका नेपालीलाई नेपाली चर्चित कलाकारहरु ल्याएर मनोरञ्जन दिंदैे आइरहेको छ । विगत मलेसियामा १२ वटा रिमिक्स धमाका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरि सकेको र यो वर्ष १३औं रिमिक्स धमाका गरेर यो बर्ष मलेसियामा रहेका नेपालीलाई भरपुर मनारेरञ्जन प्रदान गरेको थियो ।
आयोजक राजेश क्ष्रेष्ठले बताए अनुसार सबै कलाकारहरूको सुन्दर प्रस्तुतीले उपस्थित सबै नेपालीले भरपुर मनोरन्जन लिन पाएका थिए भने समावेशी हिसावले कलाकारहरुलाई निमन्त्रणा गरिएको थियो । जसमा स्टेज सो किङ्ग प्रमोद खरेल, लोकदोहोरी गायक रामजी खाँड, नायिका,डान्सर एलिना रायमाझी,रकपप गायक बिबेक लामा र चर्चित हट एण्ड सेक्सी थारु, भोजपुरी,मैथिली गायिका तथा मोडल अन्जु कुश्मी (फुलकुमारी) गरि ५ जना कलाकारहरको बेजोड प्रस्तुती रहेको थियो । साथै स्थानीय कलाकारहरुको पनि सक्रिय सहभागिताको थियो।
समापन कार्यक्रममा नेपाल बाट पाल्नु भएका कलाकारलाई सम्मानपत्र सहित खादा,दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।