झुम्का:= समाजमा भएका बिकृतिलाई न्युनिकरणकालागी उठान गर्ने र संस्कृतिलाई संरक्षण गर्न हाँस्य नाटकबाटै सेचतना फैलाउदै अगाडी बढिरहेका चर्चित हाँस्य कलाकार कुलदिप चौधरीका समुहले पुनः एक पटक झुम्कामा प्रस्तुत भएका छन् । रक्सी खादा निमत्याउन सक्ने अवस्था र त्यसबाटहुने महिला हिंसालाई उठान गर्दै हाँस्य नाटक प्रस्तुत गरेका हुन् ।
पपुलर एफएम इनरुवाबाट प्रसारण हुदै आएको “बरेलीबाली”का समुहले मंगलवार झुम्कामा आयोजित तिलासंक्राईत माघ महोत्सवमा हाँस्य नाटक प्रस्तुत गरेका थिए । थारु महिला उत्थान समाज सुनसरीको आयोजनामा भएको महोत्सवमा सचेतना नाटक प्रस्तुत गरेका हुन् । नाटक मार्फत दर्शकलाई हसाउदै रक्सीको लतमा सम्पति सिध्याएर हुने पारिवारिक कलहबारेमा उद्धृत गर्दै नाटक दर्शाएका थिए । पुरुष रक्सीको लतमा सम्पति सबै सिध्याएर सुकुमवासी भएको अवस्थामा हुन सक्ने कठोर समस्याबारेमा सचेतना दिएका हुन् ।
नाटकमा कलाकार तथा निर्दैशक कुलदिप चौधरी, जानकी चौधरी र ललिता चौधरी रहेका थिए । कुलदिप चौधरी रक्सी खाने पात्रमा थिए । जानकी चौधरी रक्सी बिक्रि गर्ने साहुनीको रुपमा थिईन् भने ललिता चौधरी रक्सीको लतमा फसेका पुरुषको श्रीमतिको रुपमा प्रस्तुत भएकी थिईन् ।