पर्वको महत्व र पर्यटन बर्ष सन् २०२० को प्रवद्र्धन गर्दै झुम्कामा महिला उत्थानको तिलासंक्राइत महोत्सव सम्पन्न।

Thursday, 16 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
झुम्का:= माघे संक्रान्तिको अवसरमा पर्वको महत्व र पर्यटन बर्ष सन् २०२० को प्रवद्र्धन गर्दै मंगलबार रामधुनीको झुम्कामा तिलासंक्राईत माघ महोत्सव २०७६ सम्पन्न भएको छ । मौलिक थारु संस्कृतिको मुद्धा उठान गर्दै प्रत्येक बर्ष झै यस बर्ष पनि निरन्तता दिदै थारु महिला उत्थान समाज सुनसरीले एक दिने महोत्सव सम्पन्न गरेको हो ।
सुनसरी क्षेत्र नं. २ क प्रदेश सांसद मान्निय नवोदिता चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमबाट पर्वको महत्व बारेमा दर्शाएका छन् । महिलाहरुको नेतृत्वमा आयोजित महोत्सवले महिला शसक्तीकरणको शन्देस दिएको सांसद चौधरीले बताईन् । शसक्तिकरणलाई अधिकार प्राप्तिमा जोड दिनु पर्ने सुझाव दिईन् । महिलाहरु संस्कृति संरक्षणमा भुमिका बनाई रहेकोले महिलाहरुको एकता अब राज्यबाट अधिकार प्राप्त गर्नेमा लगाउनु पर्ने धारणा ब्यक्त गरिन् । राज्यले थारु माथी उपेक्षा गरेको आरोप लगाउदै सांसद चौधरीले यस उपेक्षालाई निरुत्साहित गर्न र अधिकार प्राप्तीमा शसक्त गर्न देशब्यापी रुपमा लाग्नु पर्ने बताईन् ।  

कार्यक्रमबाट उत्थान समाजले संक्रान्तिको बिशेषता भुजा र तिलको लड्डु ठुलो र आकर्षक बनाएका समुहलाई पुरस्कृत गरिएको छ । पौराणीक मान्यता अनुसार जाडोमा उब्जनी भएका नयाँ अन्नबालीलाई सख्खरमा मिश्रितगरी खानाले शरिरलाई चिसोबाट बच्न सहयोग गर्ने मानयतालाई कलात्मक प्रदर्शन र महत्व दर्शाउने उधेश्यले प्रोत्साहन गरेका हुन् । यस प्रदर्शनमा ठुलो र आकर्षक बनाए रामधुनी वडा नं. १ सैनिमैनिका सरस्वती टोल बिकास संस्था पहिलो, वडा नं. ९ को थारु महिला सभा सितपुरटोल दोस्रो र सैनिमैनिकै जुराईधामी टोल बिकास संस्था तेस्रो हुन सफल भएको छ । क्रमश पहिलो, दोस्रो र तेस्रोलाई नगद राशी रु १५००, १००० र ७०० ले पुरस्कृत गरिएको उपाध्यक्ष आशा चौधरीले जानकारी दिईन् ।  
थारु समुदायले गर्ने बिवाहमा प्रयोग गरिने मरुवा, बैलगरी यसैगरी च्युरा कुट्ने ढेकी लगायतका पौराणीक सामाग्रीहरुको प्रदर्श गरेका छन् । थारु परिकारहरुको प्रदर्शसनि सहित सांस्कृतिक कार्यक्म गरेका हुन् । सांस्कृतिक कार्यक्रममा थारु संस्कृति झल्किने नृत्य, पर्वको महत्व दर्शाउन वडा नं. ५ हसनपुरटोलबाट तिलारा र तिल्य नामक सचेतना नाटक, रक्सी र परस्त्रीमा लागेर भुमिहिन बनेकाहरुको बिषय उदृत गर्दै कुलदिप, जानकी र ललिता चौधरीले हाँस्य नाटक प्रस्तुत गरेका थिए । शौल डान्स स्टुडियोका कलाकारले आधुनिक डान्सको प्रस्तुती गर्दै स्टेज तताएका थिए । टोलबाट आएका झाँकी समुहहरुले थारु भेष भुषामा नृत्य गरेका थिए । रहिपुरका युवा धिरज चौधरीले आफ्नो कबिता मार्फ गलत लतमा फसेका युवाहरुलाई सचेत हुन सके समाज सुधार गर्दै समृद्ध ल्याउन सक्ने शन्देस दिएका थिए ।
गायन तर्फबाट पनि दर्शकलाई नचाएर महोत्सव तताएका थिए । चर्चित गायत श्री निवास, लोक गायिका गंगा गौतम, सुनिल, अनुमा, गिता चौधरी, निकिता मण्डल चौधरी, आदित्य मण्डल, उमेश मण्डल लगायतका गायन क्षेत्रका गायकहरुले माघीको गित र अन्य चर्चित गितहरु गाउदै दर्शकलाई नाचाएका हुन् । श्रीनिवासले “थारु हुनुमा गर्व छ......,माघी आईलरे..... लगायत नेपाली भाषाका गित पनि प्रस्तुत गरेका थिए । माघीमे सब झन झुईमके नाचु......हावा बहे सरसर......... सहित अनुमा चौधरीले आफनो गाएका गितहरु प्रस्तुत गर्दै महोत्सवलाईनै झुमाएकी हुन् । गायक सुनिल चौधरीले “हम छेली असगरे आब भेली जोडीदार.....गित सहित अनुमाको साथमा आधा दर्जन गित गाएर महोत्सवलाई तताएका हुन् । 

उत्थान समाजकी अध्यक्ष सिता थरुनीको सभापतित्वमा भएको महोत्सवमा इलाका प्रहरी पकली प्रमुख कैलाश अधिकारी, वडा नं. १ वडा अध्यक्ष महेश चौधरी, वडा नं. ९ का घनश्याम चौधरी, थारु महिला सभा जिल्ला अध्यक्ष सुसिला लेखी , सहसचिव ममता चौधरीका साथै नगर महिला समिति, वडा महिला समितिका प्रनिधिहरु उपस्थित रहेका थिए । कार्यक्रमा स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष आशा चौधरीले गरेकी थिईन् भने सहसचिव भगवती चौधरीले कार्यक्रम उधेश्यबारेमा प्रष्ट्याएकी थिईन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu