शिवराजको माघी(खिचडी) महोत्सवको प्रमुख अतिथी सांसद शान्ता चौधरीलाई बनाईदै ।

Thursday, 16 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:= कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा हुने प्रथम नगरस्तरिय माघी(खिचडी) महोत्सवको समुद्धघाटनमा सांसद तथा नेकपा सचेतक शान्त चौधरी आउनुहुने भएको छ । बिहिबार देखि सुरु हुने महोत्सवको उद्धाघाटनमा चौधरी आउनु हुने भएको आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य आकर्षण घरेलु उत्पादन विधि तथा हस्तकला, चित्रकला बस्तुकलाको संरक्षण एवम् सम्बर्द्धन साथै बजारीकरण, थारु जातिको कला, संस्कृति क्षेत्रमा अभिनय गरि आत्मबल बढनुको साथै नयाँ प्रतिभाहरूको उत्पादन, लोप हुँदै गइरहेको भेषभुषा प्रदर्शन, थारु पुर्खाैली सामाग्रीको प्रदर्शन, थारु समुदायको झुमरा, झररा, मयूर, लाठी, सजनी बिरहनी जस्ता नृत्य प्रदर्शनमा रहने छ ।

यस्तै महोत्सवलाई रोचन बनाउनुका साथै दर्शकलाई मनोरञ्जन दिन गायक तथा एन्जेर गणेश चौधरी, ञ्जित थारु, विशाल थारु, विष्णु थारु, आर एन चौधरी, बिन्दु चौधरी, कृष्ण चौधरी र मोडल शारदा चौधरी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूले मञ्च तताउने साँस्कृतिक संयोजक उत्तम चौधरीले जानकारी दिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu