माघे संक्रान्ति विषेश शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

Thursday, 16 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:=प्रथम माघे संक्रान्ति विषेश शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम बुधबार सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा नेपाल मगर संघ शिवराज नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

मगर इतिहास, भाषा संस्कृति र धर्म संरक्षण सम्वद्र्धन मगरहरुको मुल मन्त्र, जातिय पहिचान र स्वायत शासन सहिदको संघिय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल नारा सहित भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रिय सदस्य एवंम प्रदेश नम्वरका ५ का संयोजक धन बहादुर पुन मगरले संस्कृति, बहुल्यता, विविधता र एकता तथा सद्भावको आधार बनाएर विकास र समृद्धिका लागि अघि बढ्नु आजको आवश्यकता रहेको बताए ।
उनले भन्ने “नेपाल भौगोलिक, जातीय र संस्कृति विविधताको सङ्गमस्थल हो, यो हाम्रो ठूलो सम्पत्ति हो यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो  । मगर समुदाय लगायत प्रदेश सरकारले यसलाई संरक्षणमा विशेष ध्यान केन्द्रित गर्नुपर्ने संयोजक पुनले  बताए ।
यस्तै कार्यक्रममा प्रदेश ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी ले प्रदेश सरकारले खास गरि मगर र थारु समुदायका २ जाती लाई प्राथामिकतामा राखेको बताउंदै प्रथम विश्व युद्ध, दोस्रो विश्व युद्धमा संसार भर विर गोर्खाली भनेर चिनाउन मगर जातीहरुको ठुलो योगदान रहेको बताए । भाषा संस्कृति विरता बौरलता मा समेत मगर जाती अगाडी रहेकाले भाषा संस्कृति  मात्र नभई शैक्षिक स्तरलाई पनि प्राथामिकता दिन आग्रह समेत केसीले गरे । 

उक्त कार्यक्रम शिवराज नगर अध्यक्ष पुर्ण बुढा मगरको अध्यक्षता, मगर संघका केन्द्रिय सदस्य एवंम प्रदेश ५ का संयोजक धन बहादुर पुनको प्रमुख आतिथ्यता, प्रदेश सभा सदस्य अर्जुन कुमार के.सीको विशिष्ट आतिथ्यता, मगर संघका केन्द्रिय सदस्य लक्ष्मी सारु मगर, वडा नंम्वर १ का अध्यक्ष जगत बहादुर जि.सी, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, युवा नेता अजय थापा लगायतको आतिथ्यता र रुपा बुढा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu