भरौल स्थित अमहा सिमसार बिकासकालागी प्रतिनिधि र प्रदेश सांसदहरुसंग छलफल/बृहत योजनाको डिपिआर समेत हस्तान्तरण।

Wednesday, 8 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
झुम्का:= भरौल स्थित अमहा सिमसारमा जैबिक बिबिधताको अवश्यक्ता र संरक्षणको महसुसगर्दै पर्यटन प्रवद्र्धन बिकासमा सहयोगकालागी सोमवार प्रतिनिधि र प्रदेश सांसदहरुसंग छलफल गरेको छ । बराहक्षेत्र नं. ५ भरौलको अमहा वनउपभोक्ता समिति अन्तर्गत रहेको सिमसारमा पर्यटक भित्र्याउन आवश्यक संरचना निर्माणकालागी स्थानिय अगुवाहरुले संघिय, प्रदेश र स्थानिय सरकारबाट सहयोग हुनुपर्ने माग गर्दै छलफल गरेका हुन् । 

सिमसार संरक्षणको बृहत योजनाको डिपिआर समेत हस्तान्तरण गरेको छ ।  स्थानिय भोजराज घलेको सभापतित्वमा भएको छलफलबाट सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभासद जयकुमार राई र प्रदेश सभा सदस्य उमिता बराईलिलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएको डिपिआर अनुसार ५२ हेक्टर क्षेत्रमा रहेको सिमसारलाई पर्यटकीय क्षेत्र र जैबिक बिबिधता संरक्षणका योजनाहरु रहेकाले सहयोगको आवश्यक्ता माग गरेका हुन् । 

जैबिक बिबिधतामा अमहा सिमसार प्रमुख र महत्वपुर्ण स्थान रहेकोले केन्द्रिय सरकारबाट पहिलो प्राथमिक्तामा पार्न पहल गर्ने प्रतिबद्धता गरेका छन् । मानव जिवन र जैबिक बिबिधता एक आपसमा परिपुरक रहेकोले सिमसार संरक्षण गर्नु पर्ने आवश्यक रहेको प्रतिनिधि सांसद राईले धारणा ब्यक्त गरेका हुन् । बिकटतामा समृद्धि खोजेका छौँ प्रदेस सभासद उमिता बलाईलिले भनिन् यहा बिकास हुन सके आर्थिक गतिबिधिहुदै आयआर्जनमा टेवापुग्ने बताईन् । अमहा सिमसार डिपिआरकालागी प्रदेशबाट रु १ करोड ३० लाख बिनियोजन भई योजना पनि सुरुभई सकेकोले यसलाई क्रमागत रुपमा बिकासमा पहल गर्ने प्रतिबद्धता गरिन् ।
प्रदेशबाट योजना बिकासकालागी प्रदेश सभासदस्य उमिता बराईलिको पहलमा आएका रकमबाट कम्पाउण्ड घेराबेरा र नयाँपोखरी निर्माण गरिएको छ । सिमसार संक्षण गर्न सके वातावरण स्वच्छ रहने सामाजिक कार्यकर्ता पुष्प भट्टराई धारणा प्रस्तुत गरे । यहा रहेका बनस्पतिबाट जडिबुटि अनुसंधान गर्न सक्ने सम्भावित क्षेत्र रहेको भट्टराईले जानकारी दिए । संरक्षण र प्रवद्र्धन गर्न सके राष्ट्रिय स्तरको अनुसंधान केन्द्र बन्न सक्ने धारणा ब्यक्त गरेका हुन् । मानोरंजनकालागी बिकास गरे दिर्घकालिन हुन नसक्ने भनाई राख्दै ए्ेतिहासिकता कायम गर्ने खालका लक्ष्यमा  ध्यान दिनु पर्ने उन्ले सुझाव समेत दिएका हुन् ।

छलफलमा वन अधिकृत खिलानाथ निरौला,पुर्व भरौल अध्यक्ष लक्षमण चौधरी, राजनितिक दलका प्रतिनिधि राम ठकुरी, जगत कार्की, लिलामणि लगायतका उपस्थित बिकास प्रेमिहरुले संरक्षण र बिकासका पाटोमा सम्भावयताका अवस्थाका बारेमा जानकारी दिएका थिए।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu