कंचनपुर := कंचनपुरको बेलौरी नगरपालिकामा थारू समुदायले आयोजना गरेको माघी मेलामा खानेपानी मन्त्री बिना मगर थारू पहिरनमा सजिदा धेरै जनाले अचम्म मानेर हेरिरहेका थिए। चौधरी समुदायले मनाउने माघी पर्व मेलाको उद्घाटन मा प्रमुख अतिथिका रूपमा खानेपानी मन्त्री मगर कार्यक्रममा सहभागी हुनु भएको थियोे । माघी पर्व थारू समुदायको महान चाड हो ।
खानेपानी मन्त्रीको यो पहिरनमा चौधरी थारु समुदायको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो । मन्त्री मगरले थारू महिलाहरुले लगाउने गोन्या, ब्लाउज, कालो सल र कानमा सेतो झुम्का लगाउनु भएको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले थारू समुदाय को कला, संस्कृति र परम्पराको जगेर्ना गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो। देशभर रहेका यस्ता थुप्रै जातजातिको कला संस्कृति र परम्पराको संरक्षण गर्नु राज्यको दायित्व भएको उहाँको भनाइ थियोे ।
थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री मगरले भन्नुभयो,”कंचनपुर जिल्लाको पछाडि परेको दक्षिण भेगको यो निर्वाचन क्षेत्र हिजोका दिनमा ओझेलमा थियो। यस अघिका नेतृत्व तथा जन प्रतिनिधिहरुले किन त्यतिबेला ध्यान दिएनन्, प्रश्न गर्न चाहन्छु ।” “यस क्षेत्रमा विकासले गति लिन सकेन भनेर हाम्रो आलोचना भएको सुनेको छु ।” उहाँले प्रति प्रश्न गर्दै भन्नु भयो ” जनताका अगाडि जे प्रतिबद्धता व्यक्त विकास गरेको छु त्यो पुरा गरेरै छाड्ने हो ।
विकास मैले नै गर्ने हो । हामी जन प्रतिनिधिले नै गर्ने हो ।” हुलाकी सडक लगायत अन्य बाटो घाटो, पुल पुलेसा देखि खानेपानी लगायत पूर्वाधार संरचनाको हरेक क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहेकोे र केही कामहरु अगाडि बढा इएको उहाँले स्पष्ट पार्नु भयो ।बेलौरी भन्सारलाई मुख्य भन्सारका रूपमा अगाडि बढाउन प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो । उहाँले यो क्षेत्रमा पर्यटन पूर्वाधार विकासका लागि महत्त्वपूर्ण कामहरु अगाडि बढेको बताउनुभयो ।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनु भएका मन्त्री बिना मगरले जनताबाट प्रत्यक्ष निर्वाचित भएर आफ्नो निर्वाचन क्षेत्रको विकासको जिम्मेवारी अहिलेका स्थानीय, प्रदेश र प्रतिनिधि सभाका जन प्रतिनिधिलाई भएकोले सके सहयोग गर्न, नसके अवरोध नगर्न सुझाव दिनुभयो । उहाँले निर्वाचनको समयमा गरेका प्रतिवद्धता क्रमिक रूपमा पूरा गरिरहेको दाबी गर्नुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका व्यक्तिहरुलाई मन्त्री मगरले सम्मान गर्नु भएको थियो ।कार्यक्रमको उद्घाटन अघि खानेपानी मन्त्री मगर थारू ड्रेसमा झाँकी सहित -यालीमा सहभागी हुनु भएको थियोे । कार्यक्रमको आयोजना र व्यवस्था पन थारू कल्याणकारिणी सभा बेलौरीले गरेको थियो।सिधाकुराबाट