अन्ततःराना थारु समुदायका अगुवाहरु थारु समुदाय फुटाउन सफल/रानाथारु छुट्टै सुचीकरणमा।

Thursday, 6 February 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

( लक्की चौधरी )
काठमाडौं:= पश्चिम नेपालको कैलाली र कञ्चनपुरमात्र स्थायी बसोबास रहेको रानाथारु समुदायको अलग सूचीकरण भएको छ । सूचीकरणसँगै रानाथारु समुदाय अब डङ्गौरा समुदायबाट अलग हुने भएका छन् ।

यसअघि डा. ओम गुरुङ संयोजकत्वको आदिबासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले २०६४ सालमै रानाथारु समुदायलाई अलग सूचीकरण गर्नुपर्ने सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा माघ २० गते बसेको मन्त्रिपरिषदको बैठकले सो समुदायलाई अलग सूचीकृत गर्ने निर्णय गरेको प्रतिनिधि सभाका सांसद नारदमुनी रानाथारुले बताउनुभयो । २०५७ सालदेखि आफूहरु अलग सूचीकरणको संघर्ष गर्दै आउँदा कम्युनिष्ट नेतृत्वको सरकार आएपछि मात्र त्यो साकार भएको सांसद रानाथारुले बताउनुभयो । आफूले निर्वाचनताका जनताको बीचमा रानाथारु समुदायको अलग सूचीकरण गराउने प्रतिवद्धता स्मरण गर्नुहुँदै उहाँले अब रानाथारु समुदायको अधिकारको धोका खुलेको दावी गर्नुभयो ।

नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम रानाथारुले सूचीकरण गरेसँग थप अधिकारका लागि संघर्ष गर्ने बाटो खुला भएको बताउनुभयो । “यो हाम्रोलागि ठूलो उपलब्धी हो, अब हामी सबै अधिकारका लागि राज्यसँग संघर्ष गर्न सक्छौं” उहाँले भन्नुभयो ।

“सूचीकरण रानाथारु समुदायको पहिचान र अधिकारलाई सुनिश्चित् गरेको छ, अब थप अधिकारका लागि राज्यसँग माग गर्छौं” उहाँले भन्नुभयो । रानाथारु समुदायको अलग भाषा, संस्कार, संस्कृति र पहिचान भएकाले डङ्गौरा थारुबाट अलग हुनुपरेको उहाँले बताउनुभयो ।नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम रानाथारुले सूचीकरण गरेसँग थप अधिकारका लागि संघर्ष गर्ने बाटो खुला भएको बताउनुभयो । “यो हाम्रोलागि ठूलो उपलब्धी हो, अब हामी सबै अधिकारका लागि राज्यसँग संघर्ष गर्न सक्छौं” उहाँले भन्नुभयो । रानाथारु आयोगका लागि पनि पहल गरिने उहाँले बताउनु भयो ।

यसअघि गत मंसिर १७ गते भाषा आयोगमा पनि रानाथारु भाषा फरक सूचीकृत भएको थियो । कक्षा १ देखि ३ कक्षासम्म रानाथारु समुदायको आफ्नै भाषामा पाठ्यक्रम निर्माण गरी केही विद्यालयमा पठनपाठन भइरहेको रानाथारु समाजका उपाध्यक्ष कमल रानाथारुले बताउनुभयो ।

डङ्गौरा थारुलाई घाटा : 

२०६८ को जनगणना अनुसार १७ लाख ३७ हजार ४७० थारु समुदायको जनसंख्या देखाइएको छ । यो कुल जनसंख्याको ६.५६ प्रतिशत हुन्छ । यही प्रतिशतका आधारमा थारु समुदायले राज्यबाट आरक्षण पाउने गरेका छन् । आदिबासी जनजातिमा पर्ने थारु र रानाथारु समुदाय अब अधिकारका लागि राज्यबाट अलग अलग संघर्ष गर्नुपर्ने छ । थारु समुदायको कुल जनसंख्याबाट रानाथारुको जनसंख्या अलग गर्दा थारुको जनसंख्या र प्रतिशतमा समेत कमी आउँदा आरक्षणमा पनि असर पर्नेछ । रानाथारु समुदायले यसलाई आफ्नो जीतकोरुपमा बुझ्ने भएपनि सिङ्गो थारु समुदायलाई भने यसबाट घाटा हुनेछ । नेपाल सरकारले माघ २३ गते सूचीकरणको निर्णय सार्वजनिक गर्नेभएको छ । सो अवसरमा रानाथारु समुदायले कैलाली र कञ्चनपुरका १३४ गाउँमा साँझ दीपावली मनाउने निर्णय गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रानाथारु समाजले अलग सूचीकृत हुनु आफूहरुको जित भएको बताएको छ । रानाथारु समुदायले आफूहरुको जनसंख्या करिब तीन लाखको हाराहारीमा रहेको बताए पनि त्यसको आधिकारीक तथ्याङ्क भने छैन । अहिलेसम्म रानाथारु समुदायलाई थारु समुदायमा गिन्ती गरिएको छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu