आमरण अनसनरत थरुहट नेता लक्ष्मण थारुको विषय प्रदेशसभामा प्रवेश/सरकार यसबारे बेखबर।

Monday, 17 February 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

केेेरनि न्य्युज,,
धनगढी:= सुदूरपश्चिम प्रदेश सभामा फागुन १ गतेदेखि आमरण अनसनरत थरुहट नेता लक्ष्मण थारुको विषयले प्रवेश पाएको छ ।
आइतबार बसेको प्रदेश सभाको शुन्य समयमा बोल्दै राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सदस्य कृष्ण बहादुर चौधरीले न्यायिक आन्दोलनको क्रममा आमरण अनसनरत थरुहट नेताको अवस्थावारे प्रदेश सरकार र संघीय सरकार बेखबर भएको बताए ।


टीकापुर घटनावारे सरकार मौनता बसेको बताउँदै उनले अनसनकारी नेता थारुको माग सम्बोधनको लागि सरकारले ध्यान दिनुपर्ने माग गरे । साथै टीकापुर घटनाको विभिन्न छानविन प्रतिवेदनहरु सार्वजनिक गरी सरकारले आफ्नो दायित्व पूरा गुर्नुपर्ने पनि उनको माग थियो ।यसैबीच आमरण अनसनको चौथो दिनसम्म नेता थारुको स्वास्थ्य समस्या देखिएपछि अनसन स्थलमै उपचारको व्यवस्था मिलाइएको छ । सेती प्रादेशिक अस्पतालबाट गएको चिकित्सकको टोलीले अनसन स्थलमै स्लाइन पानी चढाएको छ । चिकित्सकका अनुसार उनको शरीरमा सुख्खापन देखिएको र मुटुको धडकनमा उतारचढाव देखिएको छ ।


स्वास्थ्य जाँच गर्दै डाक्टर जगदिश जोशीले अस्पतालमा भर्नाको लागि सल्लाह दिएका थिए । थरुहट मोर्चाका संयोजक समेत रहेका नेता थाारु माग पुरा नहुन्जेल आफू अनसन स्थल छोडेर नजाने अडानमा रहेका छन् ।उनी कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरीसहितत ११ जना जेलबन्दीहरुको रिहाइ रिहाई, टीकापुर घटनावारे सत्यतथ्य छानविन गर्न पूर्व न्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सार्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्नलगायत माग राख्दै आमरण अनसनमा बसेका छन् ।


यसैबीच आइतबार राष्ट्रिय मानवअधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), धनगढी उपमहानगरपालिकाका मेयर, धनगढी नगरपालिका वडा नं. ८ र ट का वडा अध्यक्षको टोलीले अनसन स्थलमै पुगेर नेता थारुको अवस्थावारे जानकारी लिएको मोर्चाका प्रवक्ता मिनराज थारुले जानकारी दिए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu