झुम्का:= खेल्कुदको आवश्यक्ता तथा महत्वबारे ध्यान दिदै झुम्का ब्याटमिन्टन क्लवले प्रदेश स्तरीय ब्याटमिन्टन प्रतियोगीता उद्धघाटनगरी सुरु गरेको छ । खेलाडी उत्पादनका साथै रामधुनी नगरलाई पहिचान गराउदै आन्तरीक पर्यटन पर्वद्धनकोलागी पिप्राहा कर्बडहलमा प्रतियोगिता उद्धघाटन गरेको हो ।
रामधुनी नगर प्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथ्यमा प्रतियोगीता उद्धघाटन भएको छ । प्रतियोगितामा प्रदेशका बिभिन्न जिल्लाबाट ९८ वटा समुहले सहभागीता जनाएको छ । समुहमा दुईजना रहनेगरी खेल्ने ब्याटमिन्टन प्रतियोगिताको रामधुनीमा आयोजित प्रतियोगितामा १ सय ९६ जनाले प्रत्यक्ष खेल्ने छन् । समुह ए, बि, र सी, गरी बिभाजन गरिएको छ । राष्ट्रिय स्तर तथा बिभागिय समुहले समुह ए, बाट खेल्ने आयोजकले बताए । समुह ए, मा १६ वटा समुह सहभागी छन् । समुह बि, मा ४८ वटा छन् भने सी, मा ३४ वटा समुह भाग लिएको जनाए ।
झुम्का ब्याटमिन्टन क्लवका अध्यक्ष मिठुराज अधिकारीको सभापतित्वमा भैरहेको प्रतियोगिताको फाईनल खेल शनिवार हुने छन् । प्रतियोगिताको समुह ए, तर्फका बिजेता समुहले रु ३० हजार नगद तथा कप उचाल्ने छन् । उप बिजेताले २० हजार तथा कपबाट पुरस्कृत गरिने छन् भने तेस्रो हुनेले रु १० हजार सहित कप प्राप्त गर्ने आयोजकले जनाए । यसैगरी समुह बि, का बिजेताले नगद रु २० हजार तथा कप प्राप्त गर्ने छन् । उपबिजेताले नगद रु १५ हजार तथा कप प्राप्त गर्ने छन् भने तेस्रो हुने समुह रु ७ हजार तथा कपले पुरस्कृत हुने छन् । समुह सी, का बिजेताले नगद रु १० हजार, उपबिजेताले रु ७ हजार र तेस्रो हुने समुहले रु ४ हजार तथा कप प्राप्त गर्ने आयोजकले जानकारी दिए । प्रतियोगिता वडा नं. ३ स्थित रहेको पिप्राहा कर्बडहलमा भईरहेको छ ।